---Advertisement---

म्याग्दी खोला जलविद्युतमा लगानी गर्ने आज अन्तिम दिन

On: March 14, 2022 11:57 AM
Follow Us:

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजना लगानी गर्ने आज अन्तिम दिन रहेको छ । प्रभावित, म्याग्देली सहित स्वदेश विदेशमा रहेका नेपालीलाई फागुन मसान्तसम्मका लागि कम्पनीले लगानी खुल्ला गरेकोे थियो ।

धौलागिरी कालिका हाइड्रो कम्पनीद्धारा प्रर्वद्धित आयोजना आगामी ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले ३० प्रतिशत बराबरको शेयरका लागि सर्वसाधारणलाई खुल्ला गरेको कम्पनीका अध्यक्ष विनोद कुँवरले बताए । ‘यो अवसर सदुपयोग गर्नुहोला,‘आयोजनालाई हामीले तोकिएकै समयमा सम्पन्न गछौं’ अध्यक्ष कुँवरले भने ।

उनले न्यूनतम १ लाखदेखि १० लाखसम्म लगानी गर्न पाइने छ । ‘संस्थापक लगानीकर्ता बन्न चाहनेलाई हामीले समयमै उत्पादन दिएर लगानी खेर जान दिने छैनौ’, अध्यक्ष कुँवरले भने । किस्ता तिर्न बांकी लगानीकर्ताहरुलाई पनि आजभित्र नै जम्मा गर्नुपर्ने छ।

आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी रहेको छ । हाल साइट अफिस, कर्मचारी आवास, लेवर क्याम्प निर्माण सम्पन्न भएको छ भने आयोजनास्थलसम्म पहुंँच मार्ग निर्माणसहित अन्य पूर्वाधार र विष्फोटक पदार्थ व्यवस्था गरी सुरुङ निर्माण कार्य भइरहेको प्रवन्ध निर्देशक हर्कमान घर्ती मगरले बताए ।

आगामी डेढ वर्षसम्म सर्वसाधारणका लागि शेयर निस्कासन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
परियोजनामा स्थानीय लगानिकर्ताहरुका साथै म्याग्दीमा जन्मिएर प्रवासमा रहेका लगानीकर्ताहरुको बाहुल्यता रहेको छ। एनआरएनए हङकङ समूह, काठमाडौं म्याग्दी इन्भेष्टमेण्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवर्तक रहेको आयोजनाको २१ करोड प्रति मेघावाटभन्दा कम नै लाग्ने गरी काम गरिरहेको छ ।

लागत वृद्धिमा कोरोनाको कारण काम ठप्प, ठेकेदारको लापरबाही तथा ढिलासुस्तीबाट परियोजना अवधि थप, प्रर्वधकहरूमा आर्थिक अनुशासनमा कमी जस्ता विविध कारणले भएपनि आयोजनाले अन्य खर्चहरुलाई कम गदै प्रति मेगावाट लागत २१ करोडभन्दा तल नै राख्ने गरी काम गरेको जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रीको सम्झौता भएको छ ।