बेनी नगरपालिका-३,भकिम्लीमा सुविधायुक्त बर्थिङ सेन्टर निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाईड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा ४५ लाखको लागतमा ७ कोठे भवन निर्माण हुने भएको हो ।

जिर्ण स्वास्थ्य चौकीको भवनभित्रै रहेको बर्थिङ सेन्टरका कारण प्रसुती सहित उपचारमा समस्या भइरहेको अवस्थामा आवश्यक उपकरण सहित ब्यवस्थित बनाउने गरी सम्झौता बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र संस्थाका उपेन्द्र चन्द बिच सम्झौता भएको छ ।

भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य चौकीका अन्य सेवा प्रभावित भइरहेको अवस्था भवन बन्ने भएपछि सहज भएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो । उहाँका अनुसार बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, बेटिङमा बस्ने र हलसहितको भवन निर्माण गरिने छ । भकिम्लीमा प्रसुतीका लागि दक्ष जनशक्ती भएकाले भवन बनेपछि सहज हुने स्वास्थ्य चौकीले जनाएको छ ।

भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य चौकीमा भकिम्लीका साथै छिमेकी जिल्ला बागलुङको काठेखोला तथा आसपासका क्षेत्रबाट समेत सेवा लिन आउने गरेका छन् । वन हार्ट वल्डवाइडद्वारा म्याग्दीमा मातृ तथा नवजात शिशुका लागि सुरक्षा सञ्जाल परियोजना सञ्चालन भइरहेको छ।

Leave a Reply