म्याग्दीको बेनी नगरपालिका-४,तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको बस्ती संरक्षणको लागि १४ लाख बजेट विनियोजन भएको छ । सोमबार सम्पन्न बेनी नगरपालिकाको कार्यपालिका बैठकबाट गत असारको मनसुनजन्य विपद्का कारण जोखिममा रहेको मसार बस्ती संरक्षणको लागि १० लाख र तातोपानी बस्ती संरक्षणका लागि ४ लाख बजेट विनियोजन भएको हो ।

रुपाताल परियोजनाबाट समेत संरक्षणको काम गरिरहेको भएपनि विद्यालय, बस्ती लगायतमा कटानको जोखिम कायमै रहेकाले नगरपालिकाले समेत थप बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो। गत असार १ गते राती म्याग्दी नदीमा आएको बाढीका कारण मसारका करिब एक दर्जन घरधुरी विस्थापित समेत भएका थिए ।

कार्यपालिका बैठकले सडक बोर्डबाट प्राप्त भएको रु ५५ लाख र नगरपालिकाले समपुरक कोषबाट २७ लाख गरि कुल रु ८१ लाख बजेटबाट बेनी नगरपालिका–२ स्थित हाँडेभिर–लभ्लीहिल सडक र बेनी नगरपालिका–३ स्थित दुधेखोला –हल्लेगौडा–भकिम्ली सडक मर्मत तथा स्तरोन्नती गर्ने निर्णय समेत गरेको छ । बेनी नगरपालिका–७ मा रहेको क्षत्री समाजको भवन पुननिर्माणको लागि १० लाख विनियोजन भएको छ ।

ADV

त्यसैगरि अघिल्लो बैठकबाट प्रत्येक वडामा रु ८ लाखको योजना सञ्चालन भएकोमा योजनालाई पूर्णता दिन थप रु २ लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको छ । त्यसैगरि नेपाल सरकारबाट सशर्त अनुदानका रुपमा प्राप्त भएको बाली विकास कार्यक्रमको लागि आएको २५ लाख ५० हजार बजेटलाई वडा नम्बर १,४, ५, ६ र ९ मा सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

Adv

नगरप्रमुख हरिकुमार श्रेष्ठका अध्यक्षतामा बसेको बैठकले बेनी नगरपालिका–७ स्थित बिरेन्द्र चोकमा रहेको पिपलको रुखका हाँगा काँटछाँट गर्ने क्रममा रुखबाट खसेर ज्यान गुमएका मजदुरलाई नगरपालिकाले श्रम ऐन अनुसार उपलब्ध गराएको रु ७ लाख २५ हजारको आर्थिक सहायताको खर्चलाई अनुमोदन गरेको छ । कार्यपालिकाको बैठकले विभिन्न योजनाहरुमा बजेट विनियोजन सहित विभिन्न निर्णय गरेको छ ।

Adv

 

Leave a Reply