म्याग्दी जेसीजले उत्कृष्ट फोटोग्राफी प्रतियोगिताको आयोजना गरेको छ । यूवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा सक्रिय रहेको जेसीजले जिल्ला भित्रको पर्यटकीयस्थल,जिवनशैली, कला र संस्कृतिका साथै विभिन्न गाउँघरका तस्विर पठाउने फोटोग्राफरमध्येबाट उत्कृष्ट १२ फोटो छनौट गरी पुरस्कार दिने जनाएको छ । छनौट भएको फोटोलाई म्याग्दी जेसीजले नयाँ वर्षको अवसरमा प्रकाशन गर्ने क्यालेन्डरमा स्थान दिदैं नगद र प्रमाणपत्रले सम्मान गर्ने जेसीजका शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले बताए ।

‘हामीले फोटो खिच्नेको सम्मानका लागि यो प्रतियोगिता राखेका छौ,‘जिल्लालाई चिनाउनेृ अभियानको अर्को कार्यक्रम पनि हो’ विश्वकर्माले भने । उनले म्याग्दी जिल्लाभित्र ब्यवसायिक बाहेक फोटोग्राफीमा रुची रहेकालाई यो प्रतियोगितामा सहभागी हुन समेत अनुरोध गरे । जेसीजको क्यालेन्डर सहित विभिन्न कार्यक्रमहरुमा समेत प्रदर्शनमा समेत सहज हुने म्याग्दी जेसीजले जनाएको छ । यसमा विधा भने छुट्याइएको छैनभने जुनसुकै स्तर तथा उमेर समूहका फोटोग्राफरहरूले भाग लिन पाउनेछन् ।

प्रतियोगिताका नियम निम्न प्रकारका छन् ।
१. हामीलाई प्राप्त तस्विरहरु मध्यबाट उत्कृष्ट १२ तस्विर छनोट हुनेछन्, जुन तस्विर म्याग्दी जेसीजको क्यालेन्डरमा प्रकाशित गरिनेछ ।
२. उत्कृष्ट तस्विर पठाउनुहुने महानुभावहरुलाई आकर्षक उपहार प्रदान गरिनेछ ।
३. म्याग्दी जेसीज २०२२ को “हेल्थ पार्टनर” बेनी सञ्जिवनी हेल्थ क्लिनिकको फेसबुक पेज “बेनी सञ्जीवनी” मार्फत फोटो पठाउनुपर्ने छ र उत्कृष्ट छनोट भएपछि ओर्जिनल फोटो इमेलमा पठाउनुपर्नेछ ।
४. फोटो इडिट नगरीकन पठाउनुपर्नेछ ।
५. २०७८ चैत्र १५ गते बेलुकासम्म फोटो पठाई सक्नुपर्नेछ ।
६. एक जनाले बढीमा ५ वटा सम्म फोटो समावेश गर्न सक्नेछन् ।

Adv

Leave a Reply