म्याग्दीको धौलागिरी गाउँपालिका-६,मराङको बुल गाउँ पहिलोपटक सडक सञ्जालले जोडिएको छ । भौगोलिक विकट बुलसम्म सडक सञ्जाल पुगेसँगै मराङको सबै बस्तीमा सडक पुगेको हो। मराङको राम्चे–जेवाङ सडक खण्डअन्तर्गतको सडक निर्माण कार्य बुल गाउँसम्म जोडिएको हो । गाउँमा सडक पुगेपछि पैदलमार्गको प्रयोग गरी छिमेकी गाउँसम्म आउनुपर्ने बाध्यता हटेको छ ।

गाउँमा सडक पुगेपछि गाउँको जनजीवन सहज हुनुका साथै गाउँमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पु¥याउन सजिलो भएको राम्चे–जेवाङ हुदै बुल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीले बताए । ‘वर्षौंदेखिको हाम्रो प्रयास सफल भएको छ,‘गाउँघरमै मोटरबाटो आएपछि स्थानीयवासी खुशी भएका छन्’ जुग्जालीले भने ।

मराङको बुलबाट छिमेकी वडा मल्कवाङको मलम्पारतर्फ सडक विस्तार गरिने छ । सडक सञ्जाल जोडिएपछि स्थानीयको जीवनस्तर उकासिने सवारीचालक श्रीप्रसाद पुनको विश्वास छ । छिमेकी गाउँबाट यात्रु बोक्दै आएका पुनले अव गाउँबाटै स्थानीयलाई गन्तब्यसम्म पु¥याउन सहज भएको बताए । ट्याक खुलेपछि स्थानीयवासीले गाउँमा पहिलो पटक पुग्ने सवारीसाधनका चालकलाई फूलको मालाले स्वागत गर्ने बताएका छन् । सडक सञ्जालले करिब ७० घरधुरी लाभान्वित हुनेछन् ।राम्चे गाउँ 

सडक विस्तारमा गतबर्ष संसद विकास कोषबाट १७ लाख र गाउँपालिकाबाट १० लाख बजेट विनियोजना गरिएको नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य इश्वर सुबेदीले जानकारी दिए । सगरमाथा बिल्डर्स एण्ड सप्लायर्सको संचालक समेत रहेका सुबेदीले समृद्धिको आधार सडक नै भएकाले सडक विस्तारसँगै नियमित मर्मतसम्भारमा समेत प्राथमिकता दिएको बताए ।

Leave a Reply