होली पर्वमा इच्छा विपरित रंग दल्ने वा लोला हान्ने व्यक्तिलाई सार्वजनिक मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रंगहरुको पर्व होलीलाई मर्यादित र सभ्य ढंगले मनाउने गरी प्रहरीले सदरमुकाम बेनीमा सुरक्षा योजना अन्तरगत साधा पोशाकमा समेत प्रहरी परिचालन तथा नियमित गस्तीलाई बढाउने प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

‘विशेष सुरक्षा योजनासमेत लागू गरेको छ,‘आज नै सुरक्षा समितिको बैठक पनि छ’ प्रनाउ राईले भने । बेनीअनलाइनसँगको कुरानकानीमा प्रनाउ राईले होलीको विहानदेखि नै प्रहरीको सक्रियता अन्य दिनभन्दा फरक हुने भएकाले सबैलाई पहिलो पटक सम्झाइने र दोस्रो पटक पनि सोही हर्कत दोहो¥याए सार्वजनिक मुद्दा चलाइने बताए । जिल्लाभर संघसंस्थामार्फत मनाइने होली कार्यक्रमको समेत अनुमति लिनुपर्ने प्रनाउ राईको भनाई छ ।

होली मनाउने बाहनामा कसैको इच्छा विपरित जवरजस्ती रङ दल्ने, बाटो छेक्ने, लोला हान्ने, पानी तथा फोहोरा छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता अमर्यादित, गै¥हकानूनी र उच्छ्रृंखल किसिमका कुनै पनि गतिविधि नगर्न÷नगर्न जिल्ला प्रशासनमार्फत सूचना समेत जारी ग।िरने छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले समेत कानून विपरितका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

Leave a Reply