अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बास्कुनाबाट ८५ लाखको सुन्तला बाहिरियो

On: March 16, 2022 11:16 AM
Follow Us:

म्याग्दीको सुन्तला खेतीमा प्रख्यात बेनी नगरपालिका-४,सिङ्गास्थित बास्कुनाका किसानले यो सिजनमा सुन्तला बेचेर करिब ८५ लाख कमाएका छन् । सिंगो गाउँ नै सुन्तला खेतीमा आर्कषित भएको थामडाँडा, बास्कुना, सुर्केमेला आसपासका क्षेत्रबाट यसबर्ष किसानले उत्साहजनक आम्दानी गरेका हुन् ।

बि.स २०६४ सालदेखि ब्यवसायीक रुपमा सुरू गरिएको सुन्तला अन्य ठाउँ भन्दा बढि स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएकाले बजारमा माग बढेसँगै किसानले समेत राम्रो आम्दानी गरेको बास्कुन कृषि सहकारीका अध्यक्ष तिलक गुरुङले बताए । ‘यसपटक उत्पादन अनुसारको कमाई भएको छ,‘बास्कुनाको सुन्तलालाई बजारको समस्या छैन’ अध्यक्ष गुरुङले भने । उनले यसवर्ष ९ लाख रुपैयाँ आम्दानी गरेका छन।

६ लाख समुह र ३ लाख ब्यक्तिगत रुपमा बिक्री गरेका गुरुङसँगै लालबहादुर केसी ६ लाख, नरबहादुर केसी ५ लाख,शेरबहादुर केसी ४ लाख र बिरबहादुर केसी ४ लाख सुन्तलाबाट कमाई गरेका छन् । न्यूनतम ५० हजारदेखि माथिको कमाई गर्ने कृषकको संख्या ४५ रहेको सहकारीले जनाएको छ ।

लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका र स्थानीयबासी नै सुन्तला खेतीमा आर्कषित भएपछि यसबर्ष ११ हजार बोटबाट सुन्तला उत्पादन भएको कृषकको भनाई छ । बास्कुना तथा आसपासका क्षेत्रमा ३० हजार सुन्तलाको बोट रहेका छन् ।अवको आधादशकमा करिब दुई करोडको हाराहारीमा सुन्तला निर्यात हुने अनुमान गरिएको छ ।

हरेक बर्ष नयाँ बोट विस्तार, पुरानाको मर्मत गरिरहेकाले समेत उत्पादनमा बृद्धि भएको स्थानीय यूवा कृषक सन्दिप केसीले बताए ।गतवर्ष सुन्तला खेतीमा औंसा किराको प्रकोप देखिएर सुन्तला उत्पादनमा कमी आउनुका साथै आम्दानी घटेको थियो । गत वर्षको तुलनामा भन्दा यसवर्ष रोग तथा किराको नियन्त्रणपश्चात् उत्पादन बढेपछि किसान उत्साहित भएका छन्।