दशैँ र तिहारको बेलामा गाउँ घरमा पिङ त धेरै नै खेल्नुभयो होला । तर त्ययसलाई तपाईँले सहासिक पिङका रुपमा लिुनभएन । किनकि खेल सहासिक हुनका लागि खेल्नु अगाडि केही सहास र आँट बटुल्न सक्नुपर्छ । त्यसमा पनि उचाइ कम हुने भएकाले पनि सामान्य लठाबाट बनेका पिङमा सहास बटुलीरहन खासै आवश्यक छैन ।

तर पर्वतमा सञ्चालनमा रहेको ‘दी हार्नेस प्रा.लि’ ले भने त्यही पिङलाई सहासिक खेलका रुपमा विकास गरेको छ । ‘जाइन्ट स्वीङ’ नाम दिइएको उक्त पिङ कालीगण्डकी नदीको सतहबाट दुई सय ५० मिटर माथि ६० फिटको उचाइमा रहेको छ ।

मच्चिने गति पनि तीव्र भएका कारण हाइड्रोलिक प्रविधिमा सञ्चालन हुने पिङ सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक राजकुमार बस्नेतले बताए । ‘यो पिङ सामान्य खालको छैन ।

यसको गति र हाइटका कारण नै यसको नामाकरण जाइन्ट स्वीङ राखिएको छ,’ उनले भने, ‘कालीगण्डकी नदीको सतहबाट ढाई सय मिटर माथि त्यसमा कालीगण्डकीको डर लाग्दो भीरमा पिङ खेल्नुको आनन्द नै अर्कै रहेको यहाँ खेल्नुभएकाहरुको प्रतिक्रिया छ ।’

‘दी हार्नेस प्रा.लि’ का निर्देशक सुनिल बानियाका अनुसार यो पिङमा एकै पटकमा दुई जना पनि खेल्न मिल्ने भएका कारण सहासिक खेलीडहरुको रोजाईमा परेको छ । कम वा बढी तौल भएकै कारण पिङमा कुनै अप्ठ्यारो अवस्था नरहने गरी निर्माण भएका कारण बालबालिकादेखि बृद्धसम्मले पनि स्वीङको मज्जा लिएको उनको भनाई छ ।

प्रमाणित कम्पनीको हार्नेस हेल्मेट लगाएर १२ एम.एम.को तारमा पिङ खेलिने भएका कारण यो सुरक्षित रहेको बानिया बताउँछन् । ‘सर्टीफाइड कम्पनीको हेल्मेट र १२ एम.एम. को वायरबाट यो स्वीङ बनेको छ ।

खेल्नेहरुका लागि सेफ्टी मिजर्सहरु पनि सोही अनुसार निर्माण भएकाले सुरक्षित भएर पिङको आनन्द लिन सकिन्छ,’ उनले भने, ‘पिङमा आन्तरिक पर्यटकहरुको आकर्षण त बढेको नै छ त्यस बाहेक फाटफुट रुपमा विदेशी पर्यटकहरु समेत आउन लाग्नु भएको छ ।’

कम्पनीका अध्यक्ष विदुर पौड्यालका अनुसार ‘जिअन्ट स्वीङ’ गर्नका लागि एक जनाको लागि छ सय रुपैयाँ र जोडीले एकै पटकमा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । हार्नेस प्रा.लि. ले निर्माण गरेका जीपलाइन, स्काई ब्रिज, पिङ लगायतका सहासिक खेलहरुले जिल्लालाई पर्यटकीय हवका रुपमा विकास गर्न सहयोग पुगेको उनको भनाई छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र मुस्ताङ आउजाउ गर्ने पर्यटकहरु पनि कुश्मा झरेर सहासिक खेलहरुमा रमाउने क्रम सुरु हुँदै गएको अध्यक्ष पौड्यालको भनाई छ । ‘विस्तारै विस्तारै यो ठाउँमा मुस्ताङ आउजाउ गर्ने पर्यटकहरु पनि आकर्षित हुँदै गएको हामीले पाएका छौँ ।

सहासिक खेलका माध्यमबाट पर्वतमा पर्यटक आकर्षण गर्नु सक्नु भनेको समृद्धिका लागि एउटा प्रयास नै हो,’ उनले भने, ‘यो बाहेक रिसोर्ट र कालीगण्डकी नदी सतहमा जेट स्की लगायतका झनै सहासिक खेलहरु तथा भीरको भित्तामा निर्माण गरिने क्याप्सुल रिसोर्टले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको ध्यान तान्छ भन्ने हामीलाई लागेको छ ।’ newsdabali.com

Leave a Reply