सिद्धार्थ बैंक लिमिटेडको सहायक सीईओमा म्याग्दीका शेरबहादुर बुढाथोकी नियुक्त भएका छन् । म्याग्दी जिल्ला मालिका गाउंपालिका–ं५ देबिस्थान( मगरदाङ) निवासी बुढाथोकीलाई काठमाण्डौको हात्तिसारस्थित बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओमा नियुक्त गरेको हो । सन् २००२ अर्थात २०५९ साल देखि नै सिद्धार्थ बैंकमा कार्यरत बुढाथोकी यसअगाडी बरिष्ठ उपमहाप्रबन्धक थिए ।

करिब ५ बर्षको अवधिमा बुढाथोकी बरिष्ठ उपमहाप्रबन्धकबाट सहायक सीईओमा पदोन्नती भएको बैंकले जनाएको छ । तत्कालिन समयमा म्याग्दीको बेनीमा सञ्चालन रहेको निलगिरी विकास र्बैकको सञ्चालक समेत रहेका बुढाथोकीको बैंकिङ क्षेत्रको सेवामा तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । सहायक सीईओम बुढाथोकीले बैंकलाई अझै उचाइमा लैजान मद्दत पुर्याउने र सिद्धार्थमा सीईओको रुपमा समेत हेरिएको छ । बैकिङ क्षेत्रमा सक्रिय बुढाथोकीले जन्मभूमिमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत सहयोग गरेका छन् ।

Leave a Reply