फागुपूर्णिमाको अवसरमा बेनी नगरपालिका–४, सिंगा तातोपानीमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ओपन डबल्स ब्याडमिन्टन प्रतियोगितामा राजु जुग्जाली र निशान गुरुङ प्रथम भएको छ । स्थानीय हटस्प्रिङ यूवा क्लवको आयोजनामा भएको प्रतियोगितामा मालिका गाउँपालिका–६ दरबाङका जुग्जाली र गुरुङको समुहले अन्नपूर्ण गाउँपालिका–३, दानाका सुर्य थापा मगर र भरत खड्कालाई पराजित गरेको थियो ।

प्रतियोगितामा तृतिय बेनीका कुलदिप जुग्जाली र शक्ती गुरूङ भएका छन् । प्रथम, द्धितिय र तृतियले क्रमश २५ हजार, १५ हजार १० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको आयोजक क्लवका सदस्य दिपेश केसीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।

तातोपानी बजार आसपासका क्षेत्रमा सामाजिक, मानवीय सेवा, विकास निर्माणसँगै विभिन्न गतिविधिमा सक्रिय रहेको क्लवले नियमित खेलकुद प्रतियोगिताको समेत आयोजना गर्ने गरेको क्लवका अध्यक्ष पदम बानियाँले बताए । म्याग्दीमा पछिल्लो समय सहरबजार देखि ग्रामिण क्षेत्रमा नियमित ब्याडमिन्टन खेलसँगै प्रतियोगिता समेत हुने गरेको छ ।

Leave a Reply