म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके ले नेपालीको नयाँ बर्र्ष २०७९ को अवसरमा शुभकामना सांझको आयोजना गरेको छ । कोरोनाको पहिलो, दोस्रो लहरका कारण सार्वजनिक जमघट गर्न नपाएका म्याग्देलीलाई नयाँ बर्षको अवसरमा एकै ठाउँमा भेला पर्ने उदेश्यले आगामी अप्रिल ३० तारिकमा शुभकामना साँझको आयोजना गरिएको मोना यूकेका महासचिव विष्णु भण्डारीले बताए ।

शुभकामना साँझमा नेपालबाट लोकदोहोरी कलाकार हेमन्त कान्छा रसाईली, चर्चित लोक दोहोरी गायिका बिमला श्रीष लगायतका कलाकार तथा यूकेमा रहेका कलाकारहरुको प्रस्तुत रहने छ । नेपालबाट जाने कलाकारहरुको भिसा सहितको आवश्यक प्रक्रिया अगाडी बढाइएको शुभकामना साँझका संयोजक लाल पुनले बताए ।

शुभकामना साझँमा यूकेमा रहेका म्याग्देलीलाई उपस्थितीका लागि अनुरोध समेत गरिएको छ भने अन्य थप तयारीलाई समेत तिब्रता दिइएको छ । मोना यूकेमार्फत म्याग्दीमा स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायत सामाजिक एवम् मानवीय सेवामा समेत सहयोग भइरहेको छ । शुभकामना साँझमा विभिन्न कार्यक्रम सहित संस्थाका अभियानका बारेमा समेत जानकारी गराइने छ ।

Leave a Reply