गैर आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका (टिका) गुरुङ निर्विरोध चयन भएकी छन् । बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हङकङमा ब्यवसायमा सक्रिय गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको निर्वतमान अध्यक्ष समेत हुन् । आगामी मार्च २४ र २५ गते हुने १० औँ महाधिवेनअगाडि नै विपक्षीमा कसैले उम्मेदवारी नआएपछि उनी निर्विरोध चयन भएकी हुन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय समन्वय समितिको पूर्व बरिष्ठ उपाध्यक्ष,हङकङ नेपाली ब्यापार संघकी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाईटीको सल्लाहकार, गुरूङ समुदायको साझा संस्था तमु ट्यो ह्युलको भूपु कोषाध्यक्ष तथा बर्तमान सल्लाहकार लगाएत हङकङमा रहेका दर्जन भन्दा धेरै नेपाली सामाजिक संघसंस्थामा सक्रिय छिन् । गुरुङ हङकङ र मकाउमा रियलस्टेट ब्यवसायी समेत हुन् । हङकङमा सामाजिक तथा मानवीय सेवामा सक्रिय भएकै कारण हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मानमा पर्ने ‘चीफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ सम्मानित भएकी थिईन् ।

Leave a Reply