म्याग्दी संगठन (मोना) युकेका युथ÷भलिबल क्लब युकेको अध्यक्षमा प्रविण राना निव्र्रिरोध चयन भएका छन् । हालै सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षद्धय लाल पाइजा,तारा गर्बुजा, महिला उपाध्यक्ष निम कुमारी पुन,महासचिब अर्जुन पुर्जा,सचिब रोशन फगामी,कोषाध्यक्ष सुनिल पुनसह–कोषाध्यक्ष पबित्रा गर्बुजा रहेका छन् ।

त्यस्तै सांस्कृतिक सचिव पबिता तिलिजा, सास्कृतिक उप–सचिब मनिसा गर्बुजा, पुरुष खेलकुद संयोजक रबिन पुन,पुरुष टिम कोच टेक बुढाथोकी, पुरुष टिम प्रबन्धक कर्ण जुग्जाली, पुरुष टिम क्याप्टेन खेम भण्डारी छन् ।

यसैगरी संस्थाको महिला खेलकुद संयोजक रेशम गर्बुजा, महिला टिम कोच खगेन्द्र थजाली, महिला टिम प्रबन्धक राज पुर्जा, महिला टिम क्याप्टेन ज्योति गुरुङ छन् । समितिको सदस्यहरूमा शेर छन्त्याल,बबिन छन्त्याल,भुपेन तिलिजा,जगेन छन्त्याल,राम रोका, झलक पुन,लाल कुमारी पुन,ममता पुर्जा,लकमान पुन,दिपक पुर्जा र उमा मगर राई रहेको मोना यूके युथ तथा भलिबल क्लबले जनाएको छ ।

मोना यूके भलिबल क्लवका पूर्व अध्यक्ष अनिल मल्लको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनबाट चयन भएका अध्यक्ष रानाले संस्थागत रुपमा कार्यक्रमसँगै सामाजिक कार्यलाई समेत निरन्तरता दिने बताए । मोना यूकेका अध्यक्ष कुमार फगामीले नवनिर्वाचित अध्यक्ष सहितका पदाधिकारी, सदस्य, विभिन्न संयोजकलाई बधाई दिदैं संस्थामार्फत हुने सहयोग र साथमा कुनै कमी हुन नदिने बताए । क्mलवमार्फत खेलकुद प्रतियोगिताबाट संकलन भएको आर्थिकले मानवीय सेवामा समेत सहयोग हुने गरेको छ ।

Leave a Reply