कोरोनाको पहिलो, दोस्रो लहरको बेलामा घरभित्रै होली मनाएका म्याग्देलीले यसपटक हर्षोल्लासका साथ फागु पूर्णिमा मनाए । प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाको दिनमा बालबालिकादेखि वृद्धवृद्धाले एकआपसमा रङ, अबिर लगाईदिने, नाच गान र मिठो परिका बनाएर खवाउने गरेर हर्षोल्लासका साथ फागु पूर्णिमा मनाएका छन् ।

कोरोनाकै कारण जिल्ला प्रशासनले विगतका दुई होली पर्वलाई कडाई गरेपनि यसपटक भने समुहमै भेला भएर मनाउन दिएपछि जिल्लाको बेनी, रघुगंगा, मंगला, धवलागिरी, मालिका र अन्नपूर्णको केन्द्रदेखि गाउ–ँगाउँसम्म सर्वसाधारणले होली मनाए ।म्याग्दी जेसिजको आयोजनामा संगमचोकमा सामुहिक होली र सांस्कृतिक कार्यक्रममा कलाकार अमित विश्वकर्मा, ध्रुव जिसी, पदम विश्वकर्मा र मिलन विश्वकर्माले सांगितिक प्रस्तुती दिएका थिए।

कलाकारको सांगितिक प्रस्तुतिमा होली खेल्दै बालबालिका, युवायुवती र जेष्ठ नागरिकले नाचेर वा हेरेर आनन्द लिएका थिए। म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्रीले विगतका बर्षहरुमा सचिवालयमा हुने होली कार्यक्रम यसपटक खुल्लास्थानमा गरिएको बताए ।

उनले होली एकता र सहकार्यको पर्व समेत भएकाले सबैलाई निम्तो दिएर कार्यक्रम गरिएको बताए । उनले म्याग्दी जेसीज हरेक प्रकारका समुदायमा आवश्यक पर्ने क्षेत्रमा सहकार्य गर्ने गरी अगाडी बढेको बताए । फागु पूर्णिमा पर्वमा मनाउने क्रममा हुने सक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षाकर्मि बेनीबजारमा परिचालन भएका थिए । जिल्लाभर होली पर्व शान्तिपूर्ण तरिकाले मनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply