म्याग्दीको मंगला गाउँपालिका-२,हिँदीमा होमस्टे अर्थात् घरबास सञ्चालन गरिएको छ । कृषि तथा ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको हिँदीमा भिआईपी सहित ८ कोठे मालिका भ्यू होमस्टे सञ्चालनमा आएको हो । जिल्लाकै प्रख्यात धार्मिकस्थल मालिकाधुरीका साथै पदैलमार्गमा रमाउन चाहनेलाई लक्षित गरी सञ्चालन गरिएको होमस्टेमा २० जना पाहुना अट्ने गोमा शर्माले बताईन् ।

‘घुम्न आउने पाहुनलाई अव समस्या हुदैन्,‘सतप्रतिशत अर्गानिक खानाले स्वागत गर्न तयार छौ’ सञ्चालिका शर्माले भनिन् ।उनले होमस्टेको चापलाई मध्यनजर गरी क्षमता थप गर्ने समेत योजना समेत रहेको बताईन् । हालसम्म करिब ३० लाख खर्च भएको उनले बताईन् । करिब २ घण्टाको पैदलयात्रा गरेपछि हिँदीबाट मालिकाधुरीमा पुगिन्छ । होमस्टेमा गाउँमै उत्पादन भएको अर्गानिक खानालाई प्राथमिकता दिइएको छ ।

सञ्चालिका शर्माको आफ्नै कृषि फार्म समेत छ । होमस्टेमा आउने नयाँ पाउनालाई आसपासका क्षेत्रको दृष्यावलोकन सहित मालिकाधुरीको महत्वका बारेमा समेत जानकारी गराइने छ ।सडक सञ्जालसँग जोडिएको हिँदीमा पछिल्लो समय चहलपहल बढेको छ । म्याग्दीमा सञ्चालन भइरहेका होमस्टेल पर्यटकको आगमन नहुदाँ सुनसान हुने गरेको छ ।

 

Leave a Reply