श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक पुरुषलाई पक्राउ गरेको छ । ४२ वर्षीया श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ नमुना गाउँका ५५ वर्षीय रत्नबहादुर नेपालीलाई पक्राउ गरेको हो । बुधबार साँझ रत्नबहादुरले प्रहार गरेको ढुङ्गा टाउकोमा लाग्दा उनकी श्रीमती ४२ वर्षीया तिला नेपाली घाइते भएकी थिइन् ।

श्रीमतीलाई ढुङ्गा प्रहार गरि घाइते बनाएको भन्दै सोही साँझ स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले तिलालाई उद्धार गरि धौलागिरी अस्पताल बागलङमा उपचारको लागि ल्याएको थियो । उनको उपचारको क्रममा बिहीबार निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले बताउनुभयो ।

Leave a Reply