स्थानीय चुनावलाई लक्षित गरेर नेपाली कांग्रेस म्याग्दीले शनिबार जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

सदरमुकाम बेनीमा एक महिने अभियान अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्मा कम्युनिष्टले अघिल्लो चुनावमा विकास,आर्थिक सम्वृद्धिको नारा बाढेर जनतालाई भोट मागी बिचमै लागेर सरकार अलपत्र पारेको बताए । उनले पहुँचभन्दा लोकप्रियताको आधारमा उम्मेदवार छनौट गरिने बताए ।

उनले विभिन्न पदमा उम्मेदवारका आकांक्षी नेताका घरमा धाइरहनु नपर्ने बताउँदै जनतामाझबाट आउन निर्देशन दिए।कम्युनिष्ट पार्टीको तर्फबाट प्रधानमन्त्री भएका सबैले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अगाडी बढाएपनि अहिलेको सरकारमाथि भ्रम छरेको भन्दै ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानमा चिर्नुपर्ने बताए।‘एमसीसीका बारेमा धेरै भ्रम चिरिइसकेको अवस्था छ,‘अनुदानमा राजनीति गरेर जनतालाई भ्रममा पार्ने दिन गए’ सभापति शर्माले भने ।

प्रशिक्षण कार्यक्रममा तत्कालिन कम्यूनिष्ट पार्टीले एमसीसीमा दोहोरो भूमिका खेलेकाले अधिकांस जनताले बुझिसकेको बताए । प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य चम्पादेवी खड्काले अभियानमार्फत गाउँघर,टोलमा पुगेर सरकारले गरेका कामको प्रचारप्रसार गर्न अनुरोध गरिन् ।‘कांग्रेसको पक्षमा माहोल छ,‘हाम्रो पार्टीको बिरुद्धमा छरिएको भ्रम जनताबाट हटाउनुपर्छ’ उनले भनिन् ।

भेलामा गण्डकी प्रदेश कार्यसमितिका महामन्त्रीद्धय किरणबाबु श्रेष्ठ विष्णु लामिछाने,सहमहामन्त्री कोपिला रानाभाटले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनुको साथै संविधानको रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्नुपर्ने बताए । प्रशिक्षणमा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ, उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महत, नेपाली कांग्रेस प्रदेश ‘क’ सभापति ओम छन्त्याल, ६ वटै पालिकाका सभापतिले बोलेका थिए ।

सभापति खमबहादुर गर्बुजाको अध्यक्षता, उपसभापति हरिकुमार श्रेष्ठको स्वागत र सचिव भरत रकालको सञ्चालनमा सम्पन्न भएको थियो । प्रशिक्षणमा विभिन्न राजनीतिक दल परित्याग गरी २३ जनाले सदस्यता लिएका थिए । नेपाली कांग्रेसले गाउँ अभियानसँगै भ्रातृ संस्थाले वडा र टोलस्तरमा समेत संगठन विस्तार र प्रशिक्षण गरिरहेका छन् । चुनावी माहोल आफ्नो पक्षमा पार्न दलहरू टोल–टोलसम्म सक्रिय बनेका छन् ।

Leave a Reply