नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महांसघ म्याग्दी गठन भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको भेलाबाट अंकित थापा मगरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो।

भेलामा नेकपाकी नेता दिपा, उषा,नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्व सदस्य रविन पुन, क्रान्तिकारी ट्रेड युनियन महांसघका केन्द्रिय सदस्य काली पाँडे लगायतले वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारको लागि निरन्तर सक्रिय रहेको बताएका थिए । नवनिर्वाचित अध्यक्ष पुनलेमजदुर जागरण अभियान सुरु गरिएको बताए । कार्यक्रमको सञ्चालन नेकपा डिसिएम तेजेन्द्र चोचाङ्गीले गरेका थिए ।

 

Leave a Reply