म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ स्थित हिमालय आधारभूत विद्यालयलाई रु ५ लाख बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवती र ३ राखु पिप्ले घर भई युकेमा बसोबास गर्ने राखुबासीहरुको साझा संस्था राखु समाज युकेद्धारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु ५ लाख ७ हजार ७३० सहयोग प्राप्त भएको हो ।
श्निवार विद्यालयमा आयोजित कार्यक्रममा राखु समाज युकेका सदस्य समाजसेवि अर्जुन मल्लले उक्त सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवाललाई हस्तान्तरण गर्नुभएको थियो ।

राखु समाज युकेका २६ जनाले उक्त रकम संकलन गरि विद्यालयलाई उपलब्ध गराएका हुन् । उक्त रकममा सहयोगदाता अर्जुन मल्लले सबैभन्दा धेरै रु २ लाख सहयोग गर्नुभएको छ ।कलेजाबाङमा रहेको विद्यालयलाई कमजोर भु बनोटका कारण गाउँकै पातीकाल्नामा स्थानान्तरण गरि पुननिर्माण भैरहेको छ । हाल उक्त विद्यालयमा ७० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कार्यक्रममा अध्यक्ष कटुवाल, प्रअ सुरत बहादुर भण्डारी लगायत स्थानीयबासीद्धारा सहयोगदाता मल्ललाई सम्मान समेत गर्नुभएको थियो ।

Leave a Reply