गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको शिक्षा व्यवाहारिक र आधुनिक हुनुपर्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ पर्सेमा अवस्थित शिव माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवन एवम् विद्यालयको ४५ औं बार्षिकत्सव समरोहको उद्घाटन गदै मुख्यमन्त्रीले यस्तो बताउनु भएको हो ।

शिव माविको बार्षिकत्सव तथा नवनिर्मित भवनको उद्घाटन, अबको शिक्षा व्यवाहारिक र आधुनिक हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

पोखरेलले आयआर्जन मुलक शिक्षा अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो । सामुदायिक विद्यालयमा भौतिक संरचना बढ्दै जाने तर विद्यार्थीको संख्या घट्दै जाने गरेको बताउँदै उहाँले विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयहरुको पढाई निजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने उहाँको भनाई रहेको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले शिक्षामा गुणस्तर कायम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि जलजला गाउँपालिकाले शिक्षामा ठुलो लागनी गरेको जानकारी दिँदै अन्तराष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक र व्यवसायिक शिषाको विकासमा अग्रसर हुन सबै शिक्षक, अभिभावक र अन्य सरोकारवाहरुलाई आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लव हमालले विद्यालयको शैक्षिक अवस्थावारे जानकारी गराउँदै समाज परिवर्तनमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई सुधार गर्नुपर्ने मुख्य दायित्व नागरिकमा रहेको बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको त्रिकोणत्मक सम्बन्धले नै विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुने बताउनु भयो । उहाँले शिव माविलाई जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित गराउन आफु लागि परेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता नवराज गुरुङ, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रवहादुर क्षेत्री, विद्याज्याती मा.विका प्रधानाध्यापक रघु आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरेमवहादुर खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बिद्यालय प्रधानाध्यापक रत्नवहादुर केसीले बिद्यालयको परिचयात्मक पृष्ठभूमि सहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहप्रध्यानाध्यापक शिवप्रसाद आचार्य, विद्यार्थी बिशाल सुवेदी र विव्यस सदस्य सावित्री केसीले गर्नुभएको थियो । जलजला गाउँपालिका–८ नाग्लिवाङका वडा अध्यक्ष हरिविकास जिसीले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक अमृतप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा चर्चित लोकदोहोरी गायक कृष्णा अखेली, जिवन दाहाल र गंगा पौडेल लगायका कलाकारहरुले साँगेतिक प्रस्तुती दिएका थिए ।

 

Leave a Reply