अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एकिकृत समाजवादी म्याग्दी-काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्षमा बुद्धि बुदुजा

On: March 19, 2022 10:11 PM
Follow Us:
---Advertisement---

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)म्याग्दी–काठमाण्डौ सम्पर्क मंचको प्रथम भेलाबाट कार्यसमिति चयन भएको छ। भेलाले बुद्धि बुदुजाको अध्यक्षामा उपाध्यक्ष झलक सुवेदी,सचिव मन वहादुर रोका,सह–सचिव–क.गौरी रोक चयन गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिए ।

भेलाबाट म्याग्दीका सबै ६ वटै स्थानीय तहबाट काठमाण्डौमा रहेकालाई समेटेर ३१ सदस्यीय कमिटी बनाइएको छ ।
भेलाको नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा सम्पर्क समन्वय इन्चार्ज बिजय गुरुङले उद्घाटन गदैं समाजवादीले स्थानीय तहमा घरदैलो अभियानसम्म पुग्ने गरी कार्ययोजना बनाइरहेको बताउनुभयो ।

कार्यक्रममा समाजवादीका केन्द्रिय सदस्य शंकर पोख्ररेल, जिल्ला सहइन्र्चाज गोविन्द सुबेदी, लेखा आयोगको केन्द्रिय सदस्य याम श्रेष्ठ,बाम बुद्धिजिवी प्रा.डा. होमबहादुर बरुवाल,जिल्ला उपाध्यक्ष हेमराज शर्मा, सचिव दुर्गा कार्की लगायतको उपस्थिती रहेको थियो । नेकपा एकिकृत समाजवादीले म्याग्दी सहित देशभर छरिएका पार्टी समर्थकलाई लक्षित गरी विभिन्न सम्पर्क समिति लगायतका संरचनाहरुलाई तिब्रताका साथ गठन गरेको छ ।