बेनी नगरपालिका–२ की क्यान्सर पीडित ३२ मिना बिकको उपचारमा आर्थिक अभाव भएको छ । भकिम्ली छेपारे जन्मघर भएकी बिकबिगत २ वर्षदेखि घाँटीमा क्यान्सरबाट ग्रसित भएकी छिन । उपचारमा आर्थिक अभाव भएपछि पीडितका परिवारले सहयोगको याचनाा गरेका छन् । वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारर्थ विकलाई आर्थिक जोहो नगरी थप उपचारमा समस्या हुने भन्दै चिकित्सकले बताएपछि परिवार मिडियाको माध्यमबाट सहयोगको अपिल गरेका छन् ।

उनको उपचारमा हालसम्ममा करिब ३० लाख खर्च भईसकेको र थप उपचारको लागि अझै ठुलो रकमको आवश्यक रहेको दाजु बिनोद विश्वकर्माले बताए। ‘आर्थिक अभावले थप उपचारमा समस्या भएको छ,‘घरको अवस्था नाजुक छ,‘सबै सम्पत्ती बेच्दा पनि उपचारका लागी एक छेउ हुदैन’ उनले भने । स्वदेश तथा विदेशमा रहेका आफन्त, म्याग्देलीलाई उपचार अभियानमा साथ दिन अनुरोध गरेको उनले बताए । क्यान्सर पीडित मिनाको दुई छोरा छन ।

अमृता श्रीपाल (बहिनी)
मोबाईल न: 9805287559
बैंक खाताको नाम :  Jibana bk A/C No 3507010013719 (Globle IME Bank)

Yam prasad Bishwokarma (भिनाजु)
मोबाईल न: 9847642452
A/C No 118000000570B (NCC Bank)

साथै बिदेशमा रहनु हुनेहरुले सजिलो र छिटोको लागी Gofundme मार्फत आफ्नो सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ।

थप जानकारिको लागी वडा अध्यक्ष हिरा बहादुर थापा बेनपा-२, जामरुककोट 9857627379,
वडा अध्यक्ष पदम पुन बेनपा-३, भकिम्ली 9857640521

Leave a Reply