---Advertisement---

जनपक्षीय चलचित्र महासंघ गण्डकीको अध्यक्षमा बानियाँ

On: March 20, 2022 10:19 PM
Follow Us:

राष्ट्रिय जनसांस्कृतिक महासंघको घटक जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका भुपेन बानियाँ चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट बानियाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।

बेनी नगरपालिका वडा नं ६ छाप निवासी बानियाँ हाल क्रिएटिभ मिडिया प्रोडक्सनका संचालक छन् । लामो समय देखि लोक तथा दोहोरी गीत, पप, आधुनिक गीतको म्यूजिक भिडियो, सिरियल तथा लघु चलचित्र समेत निर्माण तथा छाँयांकन गर्दै आउनु भएका बानियाँ हाल प्रोडक्सन हाउसलाई बेनी तथा पोखराबाट पनि संचालन भइरहेको छ ।

म्यूजिक भिडियो निर्देशनमा समेत अव्वल बानियाँले दर्जनौ गीतका भिडियो निर्माण गरिसकेका छन् । जनपक्षीय चलचित्र महासंघको अध्यक्ष भएसंगै बानियाँले म्यूजिक भिडियो निर्माण सम्वन्धी कलाकारहरुलाई एकत्रित गरी कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले गण्डकी प्रदेशभरी रहेका भिडियो तथा चलचित्र संग सम्वन्धित कलाकारहरु हितका लागि प्रत्येक जिल्लामा पुगेर रचनात्मक कार्य गर्ने बताए ।

Adv