म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँमा बस्ने ६ बर्षीय जोन्ना विक गर्भमै रहेका बेला बुबाको मृत्यु भयो । बि.स २०७२ सालमा ट्याक्टर दुर्घटनामा बुबा प्रसाद सुनारको मृत्यु हुदाँ जोन्नाका दाजु ८ बर्षीय डाउट बिक २ बर्षका थिए । ज्याला मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको छाक टादैं आएका बुबाको मृत्यु भएपछि काखे बालक जोन्ना र डाउटसँगै एउटै बिस्तारामा सुतेकी आमाले छाडेर गएको चार वर्ष भयो ।

बुवाको मृत्युपछि आमा काखमा राम्रोसँग गुटमुटिने समेत नपाएका सहाराविहीन विक दाजुभाई घरमा खानेवस्तु नभएकाले मंगला–२¥यालेखोरबाट पूर्णगाउँमा रहेको मामाघरमा आए ।अत्यधिक गरिबीका कारण मागेर साँझबिहान छाक टार्नु धौ–धौ हुने भएकाले छोडेर हिडेका उनीहरू भोकभोकै दिनरात विताउने गरेका छन् ।

स्थानीय जनआवाज आधारभुत विद्यालयमा डाउटले कक्षा ३र जोन्नाले १ मा पढ्छन्।‘काम खोज्न जान्छु भनेर गएकी आमा फर्किनन्,‘नियमित शिक्षादीक्षामा समस्या भइरहेको छ’ प्रअसुनबहादुर विश्वकर्माले भने ।

कोरोना भाइरसका कारण लकडाउनमा सडकमा बेवारिसे अवस्थामा भेटिएका बिक दाजुभाईलाई विद्यालयमा लिएर शैक्षिक साम्रागी सहित खाद्यान्न सहयोग गरेको उनले बताए । सडक आसपासमै रात काट्ने गरेका विक दाजुभाईलाई उचित सुविधा भए पढाईमा समेत राम्रो गर्न सक्ने प्रअ विकको भनाई छ ।

परिवारसँगै आफन्तले समेत चासो नदिएको र ट्याक्टर दुर्घटनामा मृत्यु भएका बुबाले पाएको आर्थिक समेत हजुरबुबाले नै प्रयोग गर्ने गरेको उनले बताए ।‘उनीहरूको अवस्थाका बारेमा देख्ने सबैको आँखा रसाउँछ,‘आमाले छोडेर गएपछि पेटभरी खान समेत पाएका छैनन’ विकले भने । स्कुलमा लाग्ने खर्च तथा शैक्षिक साम्रागी, पोशाक उपलब्ध गराएपनि बस्ने बासस्थान नहुदाँ अलपत्र परेको पूर्णगाउँका कृष्णबहादुर केसीले बताए ।

र्दैनिकजसो सडकै खेल्ने र सुत्ने गरेकाले शिक्षादीक्षा सहित सहयोगको आवश्यकता रहेको बताए ।सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन र खानाबस्न निकै समस्या रहेको उनले बताए । दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरिएपनि दिगो नभएको बताए ।

अभिभावकविहिन बालबालिकालाई शैक्षिक सामाग्रीदेखि बिस्तार र लगाउने लुगा तथा अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै बस्न बाध्य भएकाले नियमित पठनपाठनमा समेत समस्या हुने गरेको छ ।अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा संकट परेपनि सम्बन्धित निकायबाट चासो नदिने गरेको अगुवाको गुनासो छ ।

म्याग्दीका स्थानीय तहले विभिन्न शिर्षकमा लाखौं खर्च गर्ने गरेपनि विपन्न, बेसाहरा बालबालिकाको शिक्षादीक्षा सहित पालानपोषणमा योजना नै बनाउन सकेनन् । टोल–टोलमा जनप्रतिनिधि भएपनि बेसाहरा विक दाजुभाई जस्ता धेरैलाई पटक्कै छुन सकेको छैन।

आमाले छोडेपछि बिचल्ली
‘दुईदिन भयो पेटभरी खान नपाएको, कस्तो भोक लागेको छ’ विद्यालयको समयमा राष्ट्रिय जनजागृति माविमा पुगेका दाजुभाईलाई भेट्दा वित्तिकै शिक्षकले खाजा खाने पैसा दिए । भोको पेट गाउँघरमा घुमिरहेका अभिभावकविहीन बालकको अवस्थाले स्थानीय समेत भाबुक हुने गरेका छन् ।

बुबाको मृत्युपछि प्राप्त क्षर्तीपुर्तीमा हजुरबुबाको रजाँई र निर्दयी आमाले समेत छोडेर चिमखोलामा अकैंसँग विवाह गरेपछि अहिले बिचल्लीमा पर।ेका उनीहरूको वास्तविकता बुभ्mने जो कोही पनि एकपटक भावुक हुन्छ । लामो समयसम्म विरामी हुदाँ समेत उपचार पाउँदैनन् । मामाको घरमा बस्दै आएका उनीहरूलाई विद्यालयमा सुविधा भएपनि घरमा बस्ने वातावरण छैन् ।

वृद्ध हजुरआमासंग घरमा खाने अन्न छैन । ‘मैले त कहिले खान्छु कहिले भोकैपनि सुत्छु, यीनले त भोक लाग्यो भन्दै रुन्छन्’जालमायाँ विकको भनाई उद्धित गदैं एक स्थानीयले भने । उनीहरूलाई नियमित सहयोग आउनेबाटोपनि नभएकाले उचित सुविधाका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको बताए । दोस्रो विवाह गरेकी आमालाई बेलाबेलामा आउन अनुरोध गरेपनि आफ्नो छुट्टै संसार सुरू भएको भन्दै आनकानी गरेपछि थप समस्या भएको स्थानीयले बताए ।

‘मैले रोजेको बाटोमा उनीहरुलाई ल्याउन सक्दैन्,‘अब यतै सहयोग गर्नुहोस्’ बालकका आमाले जवाफ फर्काएपछि स्थानीयलाई अहिले दिर्घकालिन ब्यवस्थापनमा समस्या भइरहेको छ । आमा खोज्दै दुई भाई छिमेकी गाउँसम्म पुगेपनि फेला नपरेपछि फर्किएका थिए ।बालकलाई राम्रोसंग हेरचाह र पालनपोषण नगरेपछि स्थानीय विद्यालयका शिक्षकहरूले सहयोग जुटाएका थिए ।

सहयोग गर्न चाहनेले : ९८४७६३५६५१,९८६९१६१२९७,९८४७७३१५८० मा सम्पर्क गर्नुहोला

Leave a Reply