पर्यटकीय क्षेत्रका वनपाखाहरुमा ढकमक्क फुलेको लालिगुराँसले पर्यटकलाई आर्कषित गरेको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घोरेपानी, पुनहिल र वडा नं ८ राम्चेमा पर्ने गुराँसको जंगलमा फुलेको लालीगुराँससंग पर्यटक रमाउने गरेका छन् ।

चैत्र महिनाको पहिलो साता नै बनजंगल राताम्मे भएपछि घुम्न जाने उत्साहित भएको छवि आचार्यले बताए । बनजंगलमा देखिने गुराँसका जंगलहरु डुल्दै आनन्द लिएको उनले बताए । घोरेपानी, महरेडाँडा आसपासका क्षेत्रमा फुलेको गुराँस हेर्न जानेहरुको लर्को लाग्न लागेको बताए।

विभिन्न १९ प्रजातिका लालीगुराँस पाइने बनजंगलभित्रको यात्रा अविस्मरणीय रहेको उनले बताए । गाउँवस्ती र वनपाखाहरुको सौन्दर्यतामा समेत निखार आएको छ ।

राता, गुलावी र सेता रङ्का लालिगुराँसहरु ढकमक्क फूलेपछि यसबर्ष पर्यटकको आगमन समेत बढ्ने पर्यटन ब्यवसायीको भनाई छ । विश्वकै ठुलो लालिगुँरासको जंगल भनेर दावी गरिएको घोडेपानीको क्षेत्रमा पर्ने बनमा रहेको लालिगुराँस संरक्षण गर्न एक्यास, पर्यटन ब्यवसायी, आमा समुह लगाएत अन्य संघसंस्थाले समेत चासो देखाइरहेका छन ।

लालिगुराँसमा रमाउने आन्तरिक पर्यटकले घोडेपानी– पुनहिल– हिस्तान हुदै राम्चे तर्फ जाने पदर्मागको प्रयोग गर्ने गरेका छन् । म्याग्दी बहुमुखी क्याम्पसबाट अध्ययन भ्रमणमा गएकी पवित्रा सुबेदीले गुराँसका धेरै फाईदा भएपनि सदुपयोग नभएको बताईन् ।

गुराँसको जुस बनाएर ग्रामिण महिलाहरुले लालीगुराँसको जुस वनाएर मनग्गे आम्दानी समेत गर्ने गरेपनि अझै ब्यवस्थित हुन नसकेको उनले बताईन् । अध्ययन भ्रमणमा गएका विद्यार्थीले गुँरासको विभिन्न महत्वका बारेमा जानकारी लिएका थिए । लालिगुराँस आर्युवेदिक औषधी वनाउनका लागि कच्चा पदार्थको रुपमा समेत प्रयोग गर्ने गरिन्छ। घाँटीमा माछाको काँडा अड्कियो भने लालीगुराँस चपाउँदा निको हुने आर्युवेदिक चिकित्सकहरुको भनाई छ । त्यसैगरी रक्तअल्पता, नसा र पेटका समस्याभएकाहरुलाई समेत लालिगुराँसको फूल सेवन गर्दा फाइदा पुग्ने वताइन्छ । तस्वीर छवि आचार्य

Leave a Reply