नेपाली कांग्रेस म्याग्दीले अन्नपूर्ण गाउँपालिकामा एक महिने ‘घर–घर जाऔँ,कांग्रेस जिताऔँ’अभियान शुरु गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा कांग्रेसकी केन्द्रिय सदस्य चम्पादेवी खड्काले अभियानको अभियानको शुभारम्भ गदैं सम्पूर्ण शक्ती स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिएकी छन् ।

‘भ्रमको खेती गर्ने कम्यूनिष्टहरूबाट सत्ता सञ्चालन गर्न सकिदैन भन्ने पुष्टी भइसकेको छ,जनताले कम्युनिष्ट पार्टीलाई सुम्पिएको सत्ता कम्युनिष्टहरूले कांग्रेसलाई सत्ता सुम्पिएका छन्’ खड्काले भनिन् ।

सोही अवसरमा पार्टी उपसभापति केबी भण्डारी आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर सुरू भएको अभियानले नयाँ उर्जा थपिएको बताए।

उनले अभियान अन्तर्गत पार्टीले नव मतदाताहरूलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न,स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अघिल्ला सरकारहरूले गरेको कामको समिक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताए ।

त्यस्तै प्रदेश ‘क’ सभापति ओम छन्त्याल, निर्वाचित जनप्रतिनिधि,वडा सभापति, तरुण दलका सभापति मुकुन छन्त्याल लगायतले मन्तब्य राखेका थिए । पालिका सभापति बल बहादुर तिलिजाको सभापतित्व, ललिता पुनले सञ्चालन र राजेश तिलिजाले स्वागतमा सम्पन्न भएको थियो । यसैबीच धवलागिरी गाउँपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको हो ।

धवलागिरीमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापती तथा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले सवै वडामा पुगेर काँग्रेसलाई विजय बनाउन सबै सक्रिय भएर प्रत्येक जनताको घर दैलो गर्न पार्टीका कार्यकतालाई आग्रह गरे ।

धवलागिरीमा पालिकाका सभापती प्रेम पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सह–सचिव श्रीराम पौडेल लगायतले बोलेका थिए । नेपाली कांग्रेसले पहिलो चरणको कार्यक्रम समिक्षा गरेपछि दोस्रो चरणको कार्यक्रम सुरु गर्ने जनाएको छ ।

Leave a Reply