म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलबार) मातृ तथा शिशु, स्वास्थ्य र पोषणमा श्रीमान् तथा परिवारको भूमिकाबारे जेसी च्याम्पियनसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा जेसी च्याम्पियनको समीक्षा गरिएको हो ।

मातृ तथा शिशु, स्वास्थ्य र पोषणमा श्रीमान् तथा परिवारको भूमिकाको विषयमा पुनर्ताजगी गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको सुआहाराले जनाएको छ । कार्यक्रममा गतवर्ष सञ्चालित जेसी च्याम्पियन तालिमले ल्याएका परिवर्तनहरु, प्रेरणादायी व्याख्या, पोषण, स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, मातृ पोषण तथा महिला समूह र परिवारको निर्णयमा पहुँच, चुनौती र समाधानका उपायलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममाथि सुआहारा कार्यक्रमको बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी, पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी र सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अवसरमा समुदायमा रहेर जेसी च्याम्पियनको भूमिकाप्रति उत्कृष्ट भूमिका निभाउने चोकेन पुन, भीमबहादुर पूर्जा र यामप्रसाद पूर्जालाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी सुर्मान गर्बुजाले अनुभव सुनाउनुभएको थियो ।

 

Leave a Reply