पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाईते भएका यूवाको उपचारको क्रममा मृत्यु भएको छ । गत फागुन २४ गते आगो निभाउने क्रममा २१ बर्षिय मनबहादुर सार्कीको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो ।

गम्भीर घाईते अवस्थामा थप उपचारका लागि दरबाङ हुदै पोखरा पठाइएकोमा त्यहाँबाट समेत काठमाण्डौ लगिएको थियो। मृतक मनबहादुरको दरबाङमा अत्येष्टी गरिएको छ । सोही आगलागीमा परी मृतकका दाजु म बहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा घटना घटेको आफन्त विरेन्द्र किसानले बताउनुभयो। आगलागीबाट मृत्यु भएकाको उपचारमा स्थानीय, आफन्त र विभिन्न माध्यमबाट सहयोग जुटाइएको थियो । आगलागीबाट मानवीय क्षतीलाई मध्यनजर गदैं डिभिजन बन कार्यालय सहित स्थानीय तहले समेत विभिन्न माध्यमबाट सतर्कता अपाउन अपिल गरेको छ ।

 

Leave a Reply