को-अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाले सर्वसम्वत नेतृत्व चयन गरेको छ । बिहिबार सदरमुकाम बेनीमा आयोजित साधारणसभाले पश्चिम नेपाल साकोसका प्रबन्धक प्रेमलाल कँडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवम लोकदीप साकोसका प्रबन्धक नेत्रराज सुबेदी, कोषाध्यक्षमा दिदिबहिनी साकोसकी प्रबन्धक समिक्षा ढुंगानाचयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरूमा कस्तुरी बहुउद्देश्यीय सहकारीका लोकेश पुन,गोर्खा भुपु सैनिक साकोसका शिव खड्का,सौगात बहुउद्देश्यीय सहकारीकी लक्ष्मी शर्मा, विश्वामित्र साकोसकी सरस्वती बानियाँ,ताकम बहुउद्देश्यीय सहकारीका गोपाल आचार्य,रुप्से साकोसका यामनारायण पाइजा र संगिनी साकोसकी तेजकुमारी बानियाँ चयन हुनुभएको सचिव सुबेदीले जानकारी दिनुभयो ।

साधारणसभाको राष्ट्रिय सहकारी बैंक लिका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले उद्घाटन गदैं सहकारीका मेरुदण्ड नै प्रबन्धक भएकाले संस्थागत बिकास तथा क्षमता अभिबृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । म्याग्दी र पर्वत जिल्लाको जलजला गाउँपालिकाका ७० सहकारीका प्रबन्धकको उपस्थिती रहेको साधारणसभामा प्रशिक्षण समेत दिदैं गुरागाईले क्लबले जिल्लाभरका सहकारीका म्यानेजरहरुको क्षमता अभिबृद्धीमा सहज हुने बताउनुभयो ।

सोही अवसरमा बेनी नगरपालिका बेनी नगरपालिका सहकारी विभाग प्रमुख लक्ष्मण पौडेल, सहकारी बैंक बागलुङ शाखा प्रबन्धक यूवराज त्रिपाटी लगायतको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष कँडेलले जिल्लाभित्रका सहकारीको सीप हस्तान्तरणका साथै सम्रग सहकारीको हितमा रचनात्मक कार्य गर्ने बताउनुभयो । साधारणसभाको अध्यक्षता कँडेल, स्वागत उपाध्यक्ष श्रेष्ठ र सञ्चालन सचिव सुबेदीले गर्नुभएको थियो । क्लव गठन गरिएको संयोजनकर्ता राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय बागलुङले गरेको थियो ।

Leave a Reply