म्याग्दीको रघुगंगा गाउँपालिका-६,पाखापानीमा अवस्थित अमर माविमा लायन्स क्लव अफ पोखरा अन्जुलीले कम्प्युटर सहयोग र अक्षयकोष स्थापना गरेको छ ।

सामाजिक एवम् मानवीय सेवामा संलग्न लायन्स क्लवले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको डिजिटल शिक्षालाई प्रभावकारी बनाउने अभियान अन्तरगत क्लवले १० थान कम्प्युटर तथा अक्षयकोष स्थापनको लागि ७ लाख हस्तान्तरण गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा क्लवकी अध्यक्ष बिना पाईजा र लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि आईको प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनर चन्द्रकुमार केसीले विब्यस अध्यक्ष खिम बहादुर पाईजा र प्रअ युकुमार गर्बुजालाई सहयोग हस्तान्तरण गदैं भविस्यमा पनि सहकार्यको प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रमको उद्घाटन गदैं प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनर केसीले शिइाा, स्वास्थ्य र अन्य मानवीय सेवामा लायन्सको सहयोगले ठूलो परिवर्तन गरेको बताउनुभयो। ‘कम्प्युटर शिक्षा अहिलेको आवश्यकता हो,‘विद्यार्थी लक्षम भएमात्रै समाज र राष्ट्र बलियो हुन्छ’ केसीले भन्नुभयो । वडा सदस्य टेकजित छन्त्यालले दुर्गम क्षेत्रमा सामुदायिक विद्यालयलाई राज्य बाहेक अन्य संघसंस्थाबाट प्राप्त सहयोगले ठूलो भूमिका खेलेको बताउनुभयो ।

लायन्स क्लव अफ पोखरा अन्जुलीकी अध्यक्ष पाईजाले विद्यालयमा सूचना र प्रविधिको व्यवस्थित रूपमा सञ्चालन र कम्प्युटर शिक्षकलाई तलब भत्ता उपलब्ध गराउनको लागी देश–बिदेशमा रहेका भुपु बिधार्थी, स्थानीयबासी लगायतबाट १२ लाख रुपैया संकलन भएकोमा १० थान कम्प्युटर खरिद गरेर बाँकी रहेको रकम भुपुसैनिक बचत ऋण तथा सहकारी संस्था बेनीको मुद्दती खातामा सात लाख रुपैयाँ अक्षयकोष जम्मा भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यसमितिका सल्लाकार ओम कुमार सेरपुजा, लायन्स डिपार्टमेन्ट चिफ अमृत शोभ खत्री, जोन चेयर प्रसन कल्पना आचार्य र शिक्षक नारायण ढकाल लगायतले मन्तब्य राख्नुभएको थियो । विद्यालयका प्रअ गर्बुजाले सहयोगले शैक्षिक गतिविधिमा सहज भएकाले दिगो ब्यवस्थापन सहित निरन्तर मर्मतमा खर्च गर्ने बताउनुभयो । विद्यालय व्यवस्थाप समितिका अध्यक्ष पाईजाको सभापतित्व, प्रअ गर्बुजाको स्वागत र विव्यस सदस्य रोशन सेरपुजाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। धनिलाल गर्बुजाको सहयोगमा 

Leave a Reply