अनुहार काली काली जिउडाल मोटी मोटी झट्ट हेर्दा लाग्दैन कि उनी भित्र कुनै प्रतिभा छ । जब संगित गुञ्जन्छ तब उनी भित्र अनौठो तरङ्ग सिञ्चित हुन्छ । खुट्टाहरु मृगका झै चलाएमान हुन्छन् । हातहरु मयुरमा प्वाँख झै फैलिन्छन् र सबैलाई मन्त्र मग्ध बनाउँछिन शान्ति मिस ।

बुबा खिमलाल र आमा सरस्वतीको कोखबाट छजना सन्तान मध्ये माहिली सुपुत्रीको रुपमा सात्क्षात सरस्वतीको वरदान पाएकी शान्ति बाल्यकालमा भने पढाइमा अब्बल थिए ।

जनकल्याण मावि पुलाचौरबाट बालकक्षामा कखरा शुरु गरेकी उनले कक्षा एकदेखि १२ सम्मको अध्ययन भने प्रकाश माविबाट पूरा गरेकी हुन् । सानैदेखि नाँचप्रति आकर्षित उनी कतै गित बज्नै हुन्थेन, नाचम नाचम बनिदिन्थे । उनी बाल्यकाल सम्झन्छन् – “आज जस्तो न घर घरमा टिभि नत हात हातमा मोबाईल । त्यसैले भैलीको पछि पछि लागेर दाईदिदीहरु नाचेको हेर्थे ।”

उनी रोमाञ्चित हुँदै थप्छन्-“फिल्ममा हेरेको नृत्य र भैलीको नृ्त्यका स्टेपहरु घरमा गुनगुनाउदै नाँच्थे र भोलिपल्ट कक्षामा साथीहरूलाई देखाउँथे ।” नृत्य प्रति यति मोह हुँदाहँुदै पनि उनी पढाइमा तेज थिए । कक्षा सातसम्म त कक्षा प्रथम भएकी हुन् । प्रश्न पूरा नहँुदै उत्तर दिने भएकाले विनय सरले “धौलागिरि एफ. एम.” उपमा दिनु भएको थियो । सायद कक्षा ८ मा पढ्दै गर्दा होला । कक्षा दस पढ्ने सोनी छत्कुली दिदी वार्सिकोत्सवमा नाँच्ने कलाकार खोच्दै कक्षामा आउनु भयो ।

साथीहरूले शान्तिको नाम नलिने कुरै भएन । सुनिता भण्डारीको पहलमा पाँच जनाको ग्रुपमा उनी पनि समेटिए । त्यसैले नृत्यको पहिलो गुरु सोनीदिदीलाई मान्छिन उनी । गित थियो-लाग्दछ मलाई रमाइलो …। त्यो दिन सम्झदै उनी थप्छन् -“शुरुमा पछाडि नाँचिरहेको थिए ।

सायद सोनीदिदीलाई मेरा नाँच मन परेछ कि क्या हो बिचमा ल्याएर मुख्य पात्र बनाउनु भयो । त्यो पल जस्तो खुशी मेरो जीवनमा सायदै भयहोला ।” वार्षिकोत्सबमा नाँचेपछि सांस्कृतिक समितिको नजर उनमा पर्यो । प्रकाश माविको सांस्कृतिक फांटमा त्यतिबेला सरमिसहरु अजय मिलन श्रेष्ठ, बालकुमार रोका मगर, भमाया रन्तिजा, यमबहादुर जिसी, रञ्जु श्रेष्ठ, रेणु खड्का जोशी, बिना पाइजा, चिरीञ्जीवि शाह रहेका थिए । लगत्तै म्याग्दी महोत्सवमा प्रत्यक्ष गाएर नृत्य प्रस्तुत गर्नु पर्ने भयो। अजय सरले गित कोर्नु भयो – “फोटो लानु दिलमा राखि बेनी बजारको- चिनो लानु किरेमिरे जाले रुमााल यो ।”

स्वर दिने भए-मिना नेपालीले । स्मरण रहोस् यहि गित गाएपछि मिना नेपालीको चर्चा चुलिएको थियो । हाल उनी सुमिना सिंह नामले राष्ट्रिय स्तरमा संघर्षरत छिन । नृत्य कम्पोज गर्ने जिम्मेवारी आईलाग्यो शान्ति र अञ्जु मल्ललाई । यति राम्रो टिमले मेहनत गरेपछि उत्कृष्ट नहुने कुरै भएन ।

महोत्सवमा पुरस्कृत भयो-प्रकाश मावि । महोत्सवको नृत्यले तिर्थसिं विश्वकर्माको मन जित्यो । प्रकाश मावि कै पुर्व विद्यार्थी, नृत्यकार तथा प्रशिक्षक तिर्थ त्यतिवेला सोनिया कला मन्दिर स्थापना गरी नृत्य प्रशिक्षण गर्दै थिए ।

शान्तिले चाहेमा दिनको दुईपटक त्यो पनि निःशुल्क नृत्य सिकाईदिने विश्वकर्माको अफरले उनको भुईमा खुट्टा रहेन । बुबाआमाले स्वीकृति नदिने हो कि भन्ने पिर लिएकि शान्ति सहजै स्वीकृति पाउँदा त खुशिको सिमा नै रहेन । बुबाआमाको यो आशिर्वाद उनको लागि वरदान सावित भयो ।

यो सुनौलो अवसरलाई उनले रत्तिभर गुमाउन चाहिनन् । पढाइ बरु गोली मारे । सोनिया कला मन्दिरमा गुरु तिर्थसिंह विश्वकर्मासंग दुई वर्ष प्रशिक्षण लिए र थप दुई वर्ष सहायक प्रशिक्षक भएर नृत्य सिकाए । “आज म जेछु तिर्थ गुरुको योगदान हो ।”

तिर्थ गुरुलनई आभार दिन्छिन् उनी । विद्यालयको लागि नाँच्दै र नाँच सिकाउदै विभिन्न स्थानमा पुरस्कृत गराउन सफल भए साथमा एस एल सी पनि उत्तीणर् हुन सफल भए । अब भने उनी दोधारका थिए । अगाडि बढ्ने बाटो थिएन । भन्छन् जस्को कोहि हुदैन उनको साथ भगवान हुन्छन् ।

सांस्कृतिक समिति र शान्तिका शुभचिन्तक प्रविनसर, विनयसर लगायतका सरमिसको सिफारिसमा प्रकाश मावि मै विद्यालयका कार्यक्रमहरु र प्रतियोगिताहरुमा नृत्य सिकाउने शर्तमा ल्याव असिस्टेन्टको जागिर मिल्यो । उनलाई लाग्यो-मैले विद्यालयको लागि राम्रो गरेको रहेछु ।

जस्को फल प्राप्त गरे । अझ थप राम्रो गरेर विद्यालयको नाम राख्ने संकल्प गरे । जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ? सुख दुख उकाली ओराली । एक त नृत्य सिकाउन गाह्रो अर्को तर्फ दुख गरे अनुसार परिणाम नआईदिने । कहिलेकाही निणर्ायकहरुले गल्ती मुल्यांकन गरिदिदा मनै चुडिने । कहिले त विद्यालयबाटै व्यवस्थापनमा अवरोध त कहिले कलाकारलाई घरबाट ।

तै पनि सहनु पर्न । तै पनि शान्ति जहाँजहाँ नाचिन र जहाँजहाँ नचाईन खालि हात फर्कनु परेन । पुरस्कृत भएका क्षण थुप्रै छन् । “अहिले यस्तो दिन हरु आउँछ भन्ने थाहा पाएको भए टिपोट गर्थें ।” उनी थप्छन्- “अञ्चल र जिल्ला स्तरिय नृत्य प्रतियोगिताहरु मध्ये प्रथम भएको बाग्लुङ र कुश्माको खुल्ला नृत्य प्रतियोगिता, जिल्ला शिक्षा कार्यालय म्याग्दी , म्याग्दी जेसीज, म्याग्दी क्याम्पस, बेनी सामावि, मोन युके, दरवाङ, म्याग्दी डान्स स्टार , रेडियो दिदीबहिनी पर्वत, गलेश्वर युवा क्लव तातोपानी लगायतका प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका क्षणहरु स्मरणीय छन् ।

जब नृत्य प्रतियोगिताहरुमा उकृष्ट बनाएकोमा विद्यालयले गरेका सम्मान कार्यक्रममा विद्यालयका अध्यक्ष नविन कुमार श्रेष्ठले खुशी भएर वार्षिकोत्सवमा सम्मान गर्ने घोषणा गर्नु भयो उनमा दुशीको सिमा रहेन । यो । पछिल्लो पटक मात्र पनि घतानसेवा समाज कतारले आयोजना गरेको लोकनृत्यमा प्रथम, शिक्षा विकास तथा समन्वय ईकाई मार्फत प्रतिभा पहिचामा नृत्य तर्फ प्रथम भै गण्डकी प्रदेशमा द्वितीय बनाए पछि उनको थप चर्चा चुलिएको छ । पछिल्लो पटक घर परिवार, विद्यालय परिवार, लेखसर, विनयसर, सञ्जयसर, विमला मिस, सपना मिस, सानहरि मिस, डिलसर सन्तोष सर र कलाकार भाईबहिनीहरु र विशेषत भुमिकाहरु लेखेर साथ दिनुहुने विनयसर आभारका पात्र हुनुहुन्छ । शान्ति मिस त्यसै यहाँसम्मको यात्रा तय गरेका होईनन् । कहि निणर्ायकको भुमिकामा त कतै सालैजो, रोयला जस्ता गितमा अभिनय सहित नृत्य । बिचमा सालैजो भाकाको गितमा नृत्य कम्पोज सहित म्युजिक भिडियो पनि गरे । जहाँ मौका मिल्छ चौका हानी हाल्ने ।

यहाँसम्म कि नेपाली चलचित्र नेपाली विरमा समेत कोरस डान्सरको रुपमा काम गरे । नृत्यकै माध्यमबाट प्रतिभा देखाउन होस या निणर्ायक बन्न म्याग्दीको उन्नन्चालिस भन्दा धेरै गाउँ पुगे । थाली नाँच होस् या बेलि डान्स, संघसंस्थाको आग्रहमा नाँचिदिने उनको विशेषता हो ।

नेपाली वीरका नृत्य निर्देशकले सम्भावनाका बाटोहरु देखाए पनि उनका लागि निअर्थक बन्यो कारण २०७१ सालमा रमेश संग विवाहको लगन गांठोमा बाधिए । विवाह पछि एउटा चिन्ता थियो कतै पति र घरपरिवार बाट साथ नपाईने होकि भनेर तर भगवानले उनलाई सधंै साथ र सहयोग दिने पति र घरपरिवार दिलाईदिएका रहेछन् साथमा फुल जस्तै छोरी समृद्धि पनि उपहार पाईन ।

रमेश जस्तो पति जस्ले सुखदुःखमा साथ मात्र दिएनन् प्रतिभा प्रष्फुटन गर्न हौसला दिए । उनको क्यारियरलाई झगडाको विषय बनाएनन् । बरु तन, मन र वचनले सहयोग गरे । सासु ससुरा पनि बुबाआमा कै रुप बनेर साथमा उभिए । यस्तो पति र परिवार पाउनु वास्तवमै उनको लागि सौभाग्य नै थियो ।

काली गण्डकीमा धेरै पानी बगिसके । शान्ति पनि रामदामबाट रामदाम हर्मेल भैसकिन तर उनमा नाँच्ने र नाँच सिकाउने जोश जागर उस्तै छ । आफुले नृत्य सिकाएका कलाकारहरु प्रशिक्षक भै सके, देश विदेश गैसके उनी भने नृत्यको मोहले स्कुल मै अडिएकि छिन । बिचमा प्रशिक्षण केन्द्र खोलेर नृत्य सिकाउने अपुरो धोका पूरा गर्न चाहन्छिन ।

आफुले जानेको सिप हस्तान्तरण गर्न चाहन्छिन् । सानी छोरीलाई भोकै प्यासै राखेर जब नृत्य प्रशिक्षणमा तल्लीन हुन्छिन तब समय वितेको पत्तै पाउदिनन् । कतै जीवनमा गल्ती त गरेको छैन ? भनेर सोच्न नपाउदै अविरले निधार रंगिन्छ र सम्मानमा तालि बच्छ अनि सबै दुःख बिर्सिन्छिन ।

जहाँ जान्छिन शान्ति मिसको सम्मान पाउँछिन अनि खुशीले गर्भान्वित हुन्छिन । नृत्यमा उनको लगाव वास्तवमै अभूतपुर्व छ। उनलाई नृत्यकी गितामाँ भन्दा सायदै फरक पर्ला ।

Leave a Reply