बेनी नगरपालिका-९, घतानमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको वाड कमिटी गठन भएको छ । सुनिल दामलको अध्यक्षतामा ५१ सदस्यीय वाड कमिटी गठन भएको हो । उपस्थित भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एकीकृत समाजवादी म्याग्दीकी इन्चार्ज मुना बानियाँले केपी ओलीले ध्वस्त बनाएको कम्युनिस्ट आन्दोलनलाई आफूहरुले जोगाउन नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेको बताउनुभयो ।

“लिगबाट बाहिर गएपछि रेलको जे हालत हुन्छ, त्यही हालत हुँदैथ्यो नेपालको कम्युनिस्ट आन्दोलन । तर आफूहरुको निरन्तर खटनका कारण कम्युनिस्ट आन्दोलन जोगिएको छ” बानियाँले भन्नुभयो ।

बिशिष्ठ अतिथि पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले युवाहरुको जोस र उत्साहको प्रतिफल नै एकीकृत समाजवादीको जन्म भएका कारण आफ्नो पार्टीले युवाहरुलाई राजनितिमा अगाडि बढ्ने अवसर दिने बताउनुभयो । “आउनुहोस् युवा साथीहरु हामी युवाहरु गोलवद्ध भएर एकीकृत समाजवादीलाई शिखरमा पुर्‍याउँ” विश्वकर्माको भनाई रहेको थियो ।

समाजवादीका बेनी नगरपालिका अध्यक्ष मुक्ति पाइजाले गाउँगाउँमा भ्रष्टचार र विकृतिहरु बढ्दै गएकाले अब त्यसलाई रोक्ने जिम्मा हामी युवाहरुको काँधमा आइपुगेका कारण निडर भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

निर्वाचित वाड कमिटी अध्यक्ष सुनिल दामलले पार्टीले दिएको जुनसुकै जिम्मेवारी आफूले निर्वाह गर्ने भन्दै सबैलाई समाजवादी पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो । एकीकृत समाजवादी बेनी नगर अध्यक्ष मुक्ति पाइजाको अध्यक्षता, म्याग्दी जिल्ला इन्चार्ज मुना बानियाँको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिवालय सदस्य प्रदिप खत्रीले गर्नुभएको थियो ।

Leave a Reply