जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिई राखिएका हतियार बुझाउन हातहतियार बुझाउन सर्वजनिक सुचना जारी गरेको छ । निर्वाचनमा सुरक्षा चुस्त बनाउन निर्वाचनको समयमा लाइसेन्स प्राप्त हतियार समेत चुनौतीको रुपमा देखिएपछि सूचना निकालेर त्यस्ता हतियार बुझाउन आग्रह गरिएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले चैत्र २५ गतेभित्र प्रशासनको आग्रह नमानेमा इजाजत लिई राखिएका हतियार जफत गरी फिर्ता नगरिने बताउनुभयो ।‘चुनावमा हतियारको कारण सुरक्षामा चुनौती हुन्छ,‘सूचनालाई बेवास्ता गरिए कानुन अनुसार मुद्धा चलाउँछौ’ प्रजिअ रानाले भन्नुभयो।

जिल्लाभित्र लाइसेन्स प्राप्त हतियार भएकाहरूलाई समेत समयमा बुझाउन अनुरोध गदैं नत्र सिधै प्रहरी पुगेर जफत गर्ने प्रशासनले चेतावनी दिएको छ । यसबीच अवैध हातहतियारलाई समेत बुझाउन निर्देशन दिइएको छ । कानुन बमोजिम लिनुपर्ने इजाजत, नवीकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको अवैध हतियार समयमै बुझाएमा अवस्था हेरेर कानुनी कारवाही नगरिने समेत प्रशासनले जनाएको छ ।

जिल्लामा राजनीतिक दलमा प्रत्यक्ष संलग्न र कार्यकर्ताहरुसँग हतियार रहेको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म भरुवा बन्दुक, जर्मन स्पोर्टस्–५ र १२ बोर बन्दुक जस्ता स्वचालित र अर्ध स्वचालित हतियारको लाइसेन्सधारी छन्। म्याग्दीमा निर्वाचनको मुखमा इजाजत लिएका र अवैध हातहतियार सुरक्षा चुनौती बन्ने गरेको छ ।

कानुन अनुसार लाइसेन्सवाला हतियार सार्वजनिक ठाउँमा प्रदर्शन गर्न नमिले पनि निर्वाचनलाई प्रभावित बनाउन तथा धम्क्याउन र तर्साउन त्यस्ता हतियार प्रदर्शन गर्न सक्ने प्रहरीले जनाएको छ । प्रहरीले लाइसेन्स भएकाले समेत बुझाउन अटेरी गरेमा तथा लाइसेन्स नभएका हतियार फेला परेमा ‘हातहतियार तथा खरखजाना ऐन’ अनुसार मुद्दा चलाउने जनाएको छ । प्रहरीलाई बुझाइएका हतियार चुनाव सकिएपछि फिर्ता दिइने जनाएको छ ।

Leave a Reply