राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार बरुवाल निर्वाचित हुनुभएको छ । आइतबार पर्वत बेनीमा भएको युवा संघको प्रथम अधिवेशनले बरुवालको नेतृत्वमा ५१ सदस्यीय जलजला गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा कृष्ण पौडेल,सचिव विक्रम सुवेदी,सहसचिव मिजास फकामी, कृष्ण पौडेल र कोषाध्यक्षमा डेगबहादुर जिसी चयन हुनुभएको युवा संघ नेपाल गण्डकी प्रदेशका सहसचिव विकास गिरीले जानकारी दिनुभयो ।
यसैगरी सदस्यहरुमा रमेश फगामी,युवराज सुनार,कृष्ण जिसी,सन्दिप नेपाल,विनोद जिसी शान्ती नेपाली,आशिष भुजेल,सरोज पौडेल,रुपेश श्रेष्ठ,लक्ष्मी कँडेल चयन हुनुभएको छ ।

यस्तै रामचन्द्र जिसी,निसान बोहोरा,मनोज जिसी,खबराज सुवेदी,नरबहादुर केसी,सविता रेग्मी,नवराज रञ्जीता, लोक बहादुर पुर्जा,सुरेश पराजुली,विना फकामी पुन,तारा बहादुर खोरजा,हेम पुन,सुशिला पुन,रोसन आचार्य,नवराज आचार्य, रमेश चापाई,टिकाराम क्षेत्री,सोहन रेग्मी र विरेन्द्र पाठक चयन हुनुभएको छ । ठहर सिंह दर्जी, विशाल परियार,सुरेन्द्र श्रेष्ठ,लेखबहादुर पुर्जा,प्रसान्त बराइली,सुमन परियार,चक्र अधिकारी,मनिका आचार्य र पविना परियार कमिटीको सदस्यमा चयन हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।साथै उहाँले आगमी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई जिताउन हरेक टोल र वस्तीमा निर्वाचन प्रचारप्रसारमा जुट्न निर्देशन समेत दिनुभएको नवनिर्वाचित सचिव सुवेदीले जानकारी दिनुभयो ।

पार्टीका जलजला कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै निर्वाचनमा एमालेलाई जलजलामा जिताउन युवाहरु अग्रमोर्चामा रहेर लाग्न अनुरोध गर्नुभयो । अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिट व्यूरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले गर्नुभएको थियो । अधिवेशनमा पालिकाका ९ वटै वडाबाट युवाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply