अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीमा स्थानीय तह निर्वाचनका लागि ८५ हजार ३७५ मतदाता

On: March 27, 2022 11:26 PM
Follow Us:
---Advertisement---

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्याग्दीमा ८५ हजारभन्दा बढी मतदाता भएका छन् । आइतबार निर्वाचन आयोगले अन्तिम मतदाताको नामावली टुंगो लगाएसँगै म्याग्दीमा कुल ८५ हजार ३७५ मतदाता मध्ये पुरुष ४३ हजार ९६० र महिला ४१ हजार४१४ जना र अन्य १ जना रहेको निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाभर मतदान स्थल ७४ र मतदान केन्द्र १ सय १४ तोकिएको छ ।

जिल्लामा सबैभन्दा धेरै बेनी नगरपालिकामा २१ हजार ८४२ मतदाता र सबैभन्दा थोरै धवलागिरी गाउँपालिकामा १० हजार ९४० छन् । त्यस्तै अन्नपूर्ण गाउँँपालिकामा १२ हजार २९, रघुगंगा गाउँपालिका १३ हजार९४७, मालिका गाउँपालिका १३ हजार २०१ मतदाता छन् । निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लागेसँगै राजनीतिक दलले समेत मतदाता रिझाउने अभियानलाई तिब्रता दिने छन् । गएको स्थानीय तहमा म्याग्दीमा ७१ ह्जार ४६३ जना मतदाता थिए ।