bld{hf tftf]kfgL s'08 DofUbL, !* c;f/ M hn;|f]t tyf l;FrfO l8lehg sfof{no DofUbLsf] ;xof]udf /3'uËf ufpkflnsf–$ bld{hfl:yt /3'uËf gbL lsgf/df tftf]kfgLsf] tnfpdf :gfg ug{ ldNg] u/L agfOPsf] kf]v/L . t:jL/ M ;Gtf]if uf}td ÷/f;;

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्ड व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ ।

प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यस अगाडि सानो पोखरी रहेकामा गतवर्ष जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण गरिएको तातोपानी पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष बिप्रसाद पुनले जानकारी दिए ।

रघुगङ्गा नदीको किनारमा अलगअलग ठाउँमा चार पोखरी बनाइएको छ । कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ । मन्दिरको दाहिनेतर्फ रहेको पोखरीमा प्लाष्टिकको छाना हालिएको छ । सो पोखरीमा एक पटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीन पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्नसक्ने गरीे पक्की पर्खालसहित निर्माण गरिएको छ ।

यीे पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले रु ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदुर परिचालन गरि पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष तबहादुर शेरपूजाले बताए ।

सो मुहानको पानी सङ्कलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्या निको हुने विश्वास छ । त्यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकलाई बस्न मिल्ने स्थानको निर्माण पनि यस अगाडि भइसकेको स्थानीय ललिता गर्बुजाले बताउनुभयो । यस पोखरीको नजिक एउटा आर्कषक झरना रहेको छ । गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा यो योजनाका लागि बजेट विनियोजन गरिएको हो । यस स्थानलाई सुरक्षित राख्न अहिले तटबन्धको कार्य भइरहेको अध्यक्ष पुनले जानकारी दिए ।

Leave a Reply