जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिई राखिएका हतियार बुझाउन हातहतियार बुझाउन सर्वजनिक सुचना जारी गरेको छ । निर्वाचनमा सुरक्षा चुस्त बनाउन निर्वाचनको समयमा लाइसेन्स प्राप्त हतियार समेत चुनौतीको रुपमा देखिएपछि सूचना निकालेर त्यस्ता हतियार बुझाउन आग्रह गरिएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले चैत्र २५ गतेभित्र प्रशासनको आग्रह नमानेमा इजाजत लिई राखिएका हतियार जफत गरी फिर्ता नगरिने बताए ।

‘चुनावमा हतियारको कारण सुरक्षामा चुनौती हुन्छ,‘सूचनालाई बेवास्ता गरिए कानुन अनुसार मुद्धा चलाउँछौ’ प्रजिअ रानाले भने । जिल्लाभित्र लाइसेन्स प्राप्त हतियार भएकाहरूलाई समेत समयमा बुझाउन अनुरोध गदैं नत्र सिधै प्रहरी पुगेर जफत गर्ने प्रशासनले चेतावनी दिएको छ ।

यसबीच अवैध हातहतियारलाई समेत बुझाउन निर्देशन दिइएको छ । कानुन बमोजिम लिनुपर्ने इजाजत, नवीकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको अवैध हतियार समयमै बुझाएमा अवस्था हेरेर कानुनी कारवाही नगरिने समेत प्रशासनले जनाएको छ ।

म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म भरुवा बन्दुक, जर्मन स्पोर्टस्–५ र १२ बोर बन्दुक जस्ता स्वचालित र अर्ध स्वचालित हतियारको लाइसेन्सधारी छन् । म्याग्दीमा निर्वाचनको मुखमा इजाजत लिएका र अवैध हातहतियार सुरक्षा चुनौती बन्ने गरेको छ ।

कानुन अनुसार लाइसेन्सवाला हतियार सार्वजनिक ठाउँमा प्रदर्शन गर्न नमिले पनि निर्वाचनलाई प्रभावित बनाउन तथा धम्क्याउन र तर्साउन त्यस्ता हतियार प्रदर्शन गर्न सक्ने प्रहरीले जनाएको छ । प्रहरीले लाइसेन्स भएकाले समेत बुझाउन अटेरी गरेमा तथा लाइसेन्स नभएका हतियार फेला परेमा ‘हातहतियार तथा खरखजाना ऐन’ अनुसार मुद्दा चलाउने जनाएको छ । प्रहरीलाई बुझाइएका हतियार चुनाव सकिएपछि फिर्ता दिइने जनाएको छ ।

Leave a Reply