बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे मेसिन खरिद गरी सेवा सुचारु गरिएको हो ।

एक्सरे सेवा सुचारु भएपछि सेवाग्राहीले नजी क्लिनिकमा जानुपर्ने बाध्यता हटेको छ । पटक–पटक बिग्रेको एक्सरे मेसिन मर्मत तथा नयाँ मेसिन खरिदका लागि मन्त्रालयसँग अनुरोध गरेको अवस्थामा प्रक्रिया लामो हुने भएपछि ब्यवस्थापन समितिबाटै निर्णय गरी खरिद गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट जितेन्द्र कँडेलले बताउनुभयो । ‘सेवा सुचारु भएको छ,‘हामीले एक्सरे सेवाका लागि थप माग गरेका छौ’ डा. कँडेल भन्नुभयो ।

एक्सरेको प्रिन्टर ६ महिनादेखि बिग्रेपछि डाक्टरले स्क्यान गरेको इमेजलाई मोबाइलमा तानेर हेरी सेवा दिने गरेकोमा अहिले प्रिन्ट गरेर हेर्न मिल्ने डा. कँडेलले बताउनुभयो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले एक्सरे मेसिन स्वास्थ्य मन्त्रालयबाट ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालयबाट अर्थमन्त्रालयमा स्वीकृतिका लागि गएकाले थप सेवा आउने बताउनुभयो । यसअगाडी म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आधा दशक अगाडी साढे ११ लाख रुपैयाँमा डिजिटल प्रविधिको एक्सरे मेसिन बेनी अस्पतालमा सेटअप गरिदिएको हो ।

मोना हङकङले एक्सरे मेसिन मात्र होइन, मर्मतसम्भारका लागि ६ लाख ६५ हजारको अक्षय कोष पनि बनाइदिएपनि मर्मतमा खर्च गर्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेको पुरानो मेसिन मर्मतका लागि अक्षय कोषबाट खर्च गर्न सहयोगदातासँग समेत छलफल भइरहेको जनाइएको छ । अस्पतालमा दैनिक ४०–५० जनाले एक्सरे सेवा लिने गरेका छन् ।

Leave a Reply