मंगोल नेशनल अर्गनाइजेशनले मालिका गाउँपालिका अध्यक्षको उम्मेदवारमा खमबहादुर रोकालाई बनाउने भएको छ ।
अगामी स्थानिय तहको निर्वाचनमा केन्द्रित भएको मंगोल नेशनलले जिल्ला सचिव समेत रहनुभएका रोकालाई सर्वसम्मतिले अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो ।

‘अब उम्मेदवार सहित चुनावी मैदानमा जान्छौ,‘आकाँक्षीहरु बिचमै सहमति भएकाले सहज भएको छ’ अध्यक्ष पुनले भन्नुभयो ।पार्टीले मालिका–३ को अध्यक्षमा ज्ञान बहादुर पुन, वडा नं ६ मा बुलप्रसाद रोका मगरलाई टुंगो लगाएको छ ।

त्यस्तै वडा नं ५ मा दुई आकांक्षी भएपछि उम्मेदवार छनौटको छलफल जारी रहेको पार्टीले जनाएको छ भने अन्य वडाहरुमा र जिल्लाका सबै स्थानीय तहमा प्रमुख र उपप्रमुख सहितको उम्मेदवारी छनौट अन्तिम चरणमा रहेको जनाइएको छ।

बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा रहेको पार्टी कार्यालयबाट जिल्लाभरको अभिायन सञ्चालन गरिने छ । पार्टीले बेनी नगरपालिकामा दिपक पुन, मंगला गाउँपालिका ओमराज मगर, मालिका गाउँपालिका खमबहादुर रोका, रघुगंगा गाउँपालिका तुलप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका डेकबहादुर पुन (डिके पुन) र अन्नपुर्ण गाउँपालिका रामबहादुर गर्बुजालाई चुनावी अभियानको संयोजक तोकेको थियो ।

Leave a Reply