नेपाल पत्रकार महासघ म्याग्दीले ६७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । महासंघका संस्थापक सदस्य एवम् रेडक्रस सोसाइटीका उपसभापति अमर बानियाँले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि बानियाँले म्याग्दीमा क्रियाशिल सञ्चारकर्मीले र रचनात्मक गतिविधि समेत सञ्चालन गरिरहेको बताउँदै रक्तदान कार्यक्रमले समेत यसको महत्वबारेमा प्रचारप्रसार हुने बताउनुभयो

नेपाल रेडक्रस सोसाईटीका अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र म्याग्दीका संयोजक एवम् पत्रकार महासंघका पूर्व अध्यक्ष सुरत केसी, जिल्ला अस्पतालका ल्याब टेक्निसियन अधिकृत यामबहादुर थापाले प्राविधिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल,गैरसरकारी संस्था महासंघका पुर्व अध्यक्ष हरिप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रममा ११ पिन्ट रगत सङ्कलन गरिएको थियो । कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष प्रकाश पौडेल, स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव सन्तोष गौतमले गर्नुभएको थियो । नेपाल पत्रकार महासंघको २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) भएको थियो भने म्याग्दीमा बागलुङ शाखाबाट २०६३ सालमा स्थापना भएको हो ।

 

Leave a Reply