म्याग्दीमा यही चैत २५ गतेबाट २८ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ । जिल्लाका सबै स्थानीय तहमा १५ महिना देखि १५ वर्ष मुनिका सबै २८ हजार ७ सय १८ लाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालमै पहिलोपटक बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएपछि म्याग्दीमा समेत आवश्यक तयारी सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । ‘बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ,‘हामी तयारी अवस्थामा छौ’ लम्सालले भन्नुभयो ।

खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय तहका ४५ वडाका स्वास्थ्यकर्मीहरुसँग गोष्ठी समेत सम्पन्न भइसकेको छ।

जिल्लाभित्र १ सय २५ भन्दा बढी विद्यार्थी भएकालाई विद्यालयमै खोप केन्द्र बनाइने छ भने अन्यलाई पायक पर्ने वा स्वास्थ्य चौकीबाट सेवा दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । टाइफाइड ज्वरोले सबैभन्दा बढी साना नानीहरु प्रवाभित हुने गरेको पाईन्छ।

Leave a Reply