म्याग्दीको बेनी नगरपालिका-६,डम्मरामा एकाविहानै दुई सवारी साधनमा आगो लगाइएको छ । बेनी–दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा रहस्यमय तरिकाले आगलागी भएको हो ।विहिबार विहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात ब्यक्तिबाट आगलागी भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । ‘दुई सवारी साधनमा आगो लगाइएको अवस्थामा भेटिएको छ,‘अनुसन्धानकै क्रममा छौ’ भारतीले भन्नुभयो ।

आगलागी भइरहेको अवस्थामा स्थानीयले खवर गरेपछि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङको नेतृत्वमा टोली पुगेको थियो । सवारी साधनमा आगलागी गर्ने ब्यक्तिहरुको पहिचान भएको छैन् ।बुधबार बेलुका करिव ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्कीएर सामान्य दुर्घटना भएपछि विहिबार छलफल गरेर सवारीसाधन लैजाने गरी दुवै सवारी साधनलाई डम्मरामानै पार्किङ गरिएको थियो ।विहान दुबै सवारीसाधनमा आगलागी भएपछि घटना रहस्यमय भएको स्थानीयले बताएका छन् । सवारीसाधनको स्टेरिङमा समस्या रहेकाले पार्किङमै राखिएको थियो ।

Leave a Reply