अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीको कुन मतदान केन्द्रमा कति मतदाता ? (विवरण सहित)

On: March 31, 2022 6:05 PM
Follow Us:

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीका ७४ मतदान स्थल र १ सय १४ मतदान केन्द्रमा ८५ हजार ३७५ मतदाता मध्ये पुरुष ४३ हजार ९६० र महिला ४१ हजार४१४ जना र अन्य १ जना मतदाता रहेका छन् । जिल्लामा सबैभन्दा धेरै बेनी नगरपालिकामा २१ हजार ८४२ मतदाता र सबैभन्दा थोरै धवलागिरी गाउँपालिकामा १० हजार ९४० छन् ।

त्यस्तै अन्नपूर्ण गाउँँपालिकामा १२ हजार २९, रघुगंगा गाउँपालिका १३ हजार९४७, मालिका गाउँपालिका १३ हजार २०१ मतदाता छन् । निर्वाचन कार्यालय म्याग्दीले मतदानस्थलको नाम तथा विवरण नै सार्वजनिक गरेको छ । गएको स्थानीय तहमा म्याग्दीमा ७१ ह्जार ४६३ जना मतदाता थिए । निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लागेसँगै राजनीतिक दलले समेत मतदाता रिझाउने अभियानलाई तिब्रता दिने छन् ।