---Advertisement---

‘नेपाल स्पेल‘बी’मा म्याग्दीकी दिपा आचार्य सेकेन्ड रनर अफ घोषित

On: March 31, 2022 10:48 PM
Follow Us:

‘नेपाल स्पेल‘बी’को चौथो सिजनमा म्याग्दीकी दिपा आचार्य  तेस्रो अर्थात सेकेन्ड रनर अफ घोषित भएकी छन् ।  शब्दावली सम्बन्धी कार्यक्रम ‘कोलगेट नेपाल स्पेल बि’मा बेनी नगरपालिका-६,एकपातेकी आचार्यले नगद १ लाख सहित एमबिएको छात्रबृत्ति लगायत आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

पोखराको न्यू ग्यालेक्सी उच्च माविबाट प्रतिनिधित्व गरेकी आचार्यले अडिशनमार्फत छनोट भएपछि विभिन्न राउण्डमा उत्कृष्ट भएकी थिईन् ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको प्रतियोगिताको फाइनलमा निकै मेहनत गरेपनि तेस्रो स्थानमा चित्त बुझाउनुपरेको आचार्यल बताईन् ।‘प्रतियोगिताले धेरै सिक्ने अवसर मिल्यो,‘अन्तिम चरणमा पुग्दा अनुभव धेरै भएको छ,आगामी दिनमा थप सहज हुने विश्वास लिएकी छु’आचार्यले बेनीअनलाइनलाई भनिन्।

अंग्रेजी शब्द, वाक्य र भाषामा प्रष्ट र शब्द भण्डार बढाउन सहिज भएको उनले बताईन् ।अंग्रेजी शब्दको ‘स्पेलिङ’(हिज्जे)उच्चारण सम्बन्धीयो कार्यक्रमले विद्यार्थीको क्षमता बढाउन र नयाँ अनुभव सहित विभिन्न जिल्लाका विद्यार्थीबाट सिक्ने अवसर मिलेको आचार्यको भनाई छ ।

देशभरबाट २३ सय विद्यालयका विद्यार्थीको सहभागिता रहेकोमा प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनामार्फत विजेता छनौट गरिएको थियो ।

नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । नेपालमै पहिलो पटक भैरहेको यस स्पेल बि प्रतियोगितामा विद्यार्थीको अत्याधिक आर्कषण देखिएको थियो । म्याग्दीको सदरमुकाम बेनीस्थित मंगलाघाटको लोकदिप आवासीय माविबाट २०७६ सालमा एसइई दिएकी आचार्यले यसअगाडी समेत विभिन्न प्रतियोगितमा विजेता भएकी छन् ।