म्याग्दीको बेनी नगरपालिका-३,भकिम्लीमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । नेत्रज्योती संघ म्याग्दी शाखाको आयोजना तथा बेनी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित शिविरमा २ सयभन्दा बढीको निशुल्क आँखा परीक्षण गरेका थिए । शिविरको उद्घाटन गदै वडा अध्यक्ष पदम पुनले मानव स्वास्थ्यको सबैभन्दा प्रमुख अङ्ग आँखा भएकाले समय समयमा चेकजाँच गर्नुपर्ने अवस्थामा सहज भएको बताउनुभयो ।

निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहररूलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको नेपाल नेत्रज्योती संघ म्याग्दी शाखाका सभापति अमर बानियाँले जानकारी दिनुभयो । शिविरमा समस्या पहिचान भएका बिरामीलाई थप उपचारका लागि सिफारिस गरिने सभापति बानियाँको भनाई छ । परीक्षणका क्रममा चस्मा लगाउनुपर्ने, नियमित औषधीको प्रयोग लगायत आँखाको सुरक्षाका लागि सुझाव समेत दिइएको थियो ।

निःशुल्क आँखा शिविरमा केन्द्र प्रमुख बानियाँले आँखा चेकजाँच गर्नुका साथै प्राविधिक सेवा उपलब्ध गराउनुभएको थियो । नेपाल नेत्रज्योती संघ म्याग्दी शाखाका सचिव राजेन्द्र श्रेष्ठको संयोजक रहेको शिविरमा संघमार्फत आगामी दिनमा समेत समुदायस्तरमा कार्यक्रम गरिने योजना रहेको जानकारी गराइएको थियो ।

शिविरमा बेनीमा दलप्रसाद र पुष्पा श्रेष्ठले समेत आर्थिक सहयोग गर्नुभएको थियो । आँखालाई स्वस्थ राख्नका लागि हरियो सागपात तथा पहेंला फलफुल नियमित रुपमा खानुपर्ने र आँखाको चेकजाँचमा ध्यान दिनुपर्ने टोलीको सुझाव थियो । शिविरमा स्थानीय जयन्ती मावि, आमा समुह लगायत समुदायस्तरबाट समेत प्राविधिक सहयोग रहेको थियो ।

Leave a Reply