मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ ।

‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका साथ २१ जिल्लामा ‘युद्ध निषेध ः शान्ति विशेष’ र लागु औषध तथा र्दुव्यसन विरुद्ध उपभियान पनि सञ्चालन गरिने समाजका महासचिव रामकृष्ण बरालले बताउनुभयो । जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन अभियान चलाएको उहाँले बताउनुभयो ।

मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाका पुग्ने अभियानको टोली फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, वर्दघाट, गैडाकोट हुदै चैत २५ गते चितवनमा समापन गरिने बरालले बताउनुभयो । प्रत्येक ठाउँमा तापक्रम वृद्धीले पारेको असर र न्युनीकरणका उपाय सम्बन्धी पर्चा वितरण, सडकमा ¥याली र कोणसभा गरिने समाजले जनाएको छ ।

बेनीको बिरेन्द्रचोकबाट शुरु भई संगमचोकमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा र शुषासन राजनीतिक मुद्दा बन्नुपर्ने बताउनुभयो।“शुसासनको मुद्दामा दल र सरकार कमजोर हुँदा कुनै मौका पाउने बित्तकै लोकतन्त्रको घाँटी रेट्ने तत्व सक्रिय हुन्छन्,” उहाँले भन्नुभयो “शुसासन, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको विषयमा बहस हुनुपर्छ ।”

पहाडीले प्रविधीमैत्री निर्वाचन हुनुपर्ने, मित्रवत प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुपर्ने,  निर्वाचनमा घृणालाई ठाउँ दिन नहुने, जित र हारको वाहनामा हिंसालाई बढावा दिने प्रपच्च रोकिनुपर्ने बताउनुभयो ।

समाजका सभापति गोविन्द खनालले मानव जिवनसँग सम्बन्धित हिमाल र सभ्यतासँग जोडिएको नदीलाई जोगाउन नागरिक सचेत बन्नुपर्ने अवस्था आएको बताउनुभयो । “नदी जोगाउनका लागि हिमालय, वातावरण र पर्यावरण जोगाउन आवश्यक छ,” उहाँले भन्नुभयो “हाम्रा कुकर्मका कारणले हिमालहरु नांगिदै गएका छन् । यसले गर्दा हिमनदी सुक्ने, जलचर लोप हुदै जाने स्थिति सिर्जना भएको छ ।”

शान्ति समाजका पुर्व सभापति उत्तम पुडाशैनीले धर्तिलाई आमा सम्भिएर सम्मान र संरक्षण गर्नुपर्ने बताउनुभयो । विगतमा राजनीतिक परिवर्तन, मानवअधिकार र लोकतन्त्रको लागि लडेको समाजले पछिल्लो समय नागरिक अधिकारका मुद्दामा केन्द्रित भएको उहाँले बताउनुभयो ।

शान्ति समाज म्याग्दी शाखाका सभापति सन्तोष गौतमको अध्यक्षता र उपसभापति हरिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो क्रममा वातावरण, शान्ति र लागु औषध र्दुव्यसनी विरुद्धका पर्चा वितरण गरिएको थियो ।

Leave a Reply