अरुणा बर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित

0
8

नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मनोरञ्जन रमण शर्मा वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट सम्मानित भएकी छिन् ।नेपाल भलिबल संघले २०७७ सालमा गरेको प्रदर्शनका आधारमा अरुणालाई महिला विधातर्फ उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो । सम्मानसँगै अरुणाले ४० हजार रुपैयाँ पनि पाइन ।

पछिल्लो पटक नेपाली महिला भलिबल टिमले अन्तराष्ट्रिय स्तरमा पाउको सफलता अरुणाको कप्तानीमा पाएको थियो ।नेपालले दुई पटक एभिसि सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्दा उनले नै कप्तानी गरेकी थिइन ।

अघिल्लो बर्ष नेपाली महिला भलिबल टिमले बंगलादेशमा भएको सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई तीन दुई सेटमा हराउँदै उपाधि जितेको थियो ।त्यो अगाडी २०१९ मा पनि नेपाली महिला टिमले सो प्रतियोगिताको उपाधि जितेको थियो । तेस्रो संस्करणका रुपमा रहेको यो अवार्डसँग यो पटक खेलाडीको अक्षयकोषमा एक लाख रुपैयाँ थपिने भएको छ । यसअघि १० लाख रुपैयाँको अक्षयकोष हुँदा अब त्यसमा एक लाख रुपैयाँ थपिने भएको छ ।