भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका-७,मंगलाघाटका देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ । संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यक्ष विश्वकर्मालाई नियुक्ति पत्र दिएको छ ।
जिल्ला समितिको अध्यक्ष बाहेक विज्ञ र सदस्य चयन हुन बाँकी छ । अध्यक्ष विश्वकर्माले अन्य सदस्य थप भएपछि भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण सहितका कामका बारेमा आवश्यक जानकारी लिने बताउनुभयो ।
सत्ता गठबन्धनको राजनीतिक नियुक्तीमा प्रदेश सरकारबाट बेनी अस्पतालको अध्यक्ष माओवादी केन्द्र र भूमि आयोगमा संघीय समाजवादीलाई परेको छ । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने हालसम्म सिफारिस भएकोमा सदस्य पद पाएको छ । राजनीतिक नियुक्तीमा भूमि आयोगलाई निकै महत्व र अर्थपूर्ण तरिकाले हेर्ने गरिन्छ ।