म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा ढुंगामा चिप्लिएर घाईते भएका ज्ञानप्रकाश माविका एक विद्यार्थीको मृत्यु भएको छ । छवारी खोलास्थित सेतो पहरा भन्ने ठाउँमा ढुङ्गामा चिप्लिएर गम्भीर घाईते भएका विवेक पुर्जाको बेनी अस्पतालमा उपचारपछि घर फर्किएको अवस्थामा मृत्यु भएको शिक्षक भिम बरुवालले जानकारी दिनुभयो ।

दुई साता अगाडी घाईते भएका पूर्जा विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । गम्भीर घाईते पूर्जा उपचारपछि घर फर्किएको अवस्थामा एक्कासी समस्या आएको बताइएको छ ।

Leave a Reply