म्याग्दीको धवलागिरी गाउँपालिका-५ मल्कवाङको भेडीखाल्टाकी लालमायाँ बिश्वकर्माको परिवारले पेटभरी खान पाउँदैनन। दृष्टिविहिन श्रीमति, बुढेशकालले छोएका श्रीमानले नियमित ज्यालामजदुरी गरी जीवन निर्वाह गर्न नसक्दा परिवारलाई दुईछाक टार्न पनि धौ-धौ छ ।
चरम विपन्नकै कारण ३५ बर्षिया लालमायाँले छिमेकी रघुगंगा गाउँपालिका–८कुइनेखानीकी ७४ बर्षिय बसविर बिश्वकर्मासंग विवाह गरिन् ।माइतीबाट घर आएकै दिनदेखि लालमायाँले दुई बर्षका छोरा सहित ४ सन्तानलाई जन्माएर हुर्काइरहेकी छन्।कलिलै उमेरमा विवाह गरेकी लालमायाँको परिवारको घरभित्र अन्नको गेडा पनि छैन् ।
मध्यरातमा भोकले छटपटाउने छोराछोरीलाई सम्हाल्न लालमायाँ र बसबिरलाई हम्मेहम्मे पर्छ । ३ छोरा र १ छोरी जन्माएकी लालमायाँको आँखा कमजोर छ । साँझबिहान छाक टार्ने अवस्था रहेको छ । जिल्लाको अति दुर्गम बस्तीमा पर्ने भेडीखाल्टाको यो परिवारको घरआगनमा पुग्ने जोकोहीको आँखाबाट आँशु बगाइदिन्छ ।
ढुंगा र काठले बेनको पुरानो झट्ट हेर्दा पशुचौपायालाई राख्ने जस्तो घरमा बस्दै आएका विश्वकर्माको परिवारको अवस्थाले गरिबीको बास्तविक अवस्था झल्किन्छ । सुकुम्बासी जीवन विताइरहेको विश्वकर्मा दम्पत्तीले ज्यालामजदुरी गरी परिवार पाल्न सक्ने अवस्थामा छैन्न् ।
तीनबर्ष अगाडी काम गर्ने क्रममा बसविरको दाहिँने आँखा गुमेपछि बुढेशकालमा घरमै बसेका छन् । एक टुक्रा जमिनको लालपूर्जा समेत नभएको अवस्थामा आफन्तको घरमा बसेका विश्वकर्मा परिवारले हातमुख जोड्न र छोराछोरीको शिक्षादीक्षाका लागि सहयोको याचना गरेका छन् ।
लालमायाँको परिवार । तस्वीर सौजन्य अमित विश्वकर्मा
छोराछोरीलाई शैक्षिक साम्रागी समेत जुटाउन मुस्किल भएपछि धमाधम विद्यालय जान छोडेको लालमायाँले बताईन् ।
‘घरमा खानेकुरा छैन्, पढाउन सक्ने अवस्था पनि छैन’ उनले भनिन् । एउटा छोरालाई संस्थाले पढाउने गरेको र बाँकी गाउँकै जनज्योती आधारभुत विद्यालयमा जान्छन् ।
‘दैनिक ५० रुपैयाँ ज्यालामा बाख्रा चराउने गरेको छु,‘महिनाभरीको कमाईले चामल किन्न पुग्दैन’ बसबिरले भने । उनले ढुंगामाटो खान मिल्ने भएपनि परिवारले खान तयार रहेको भन्दै भाबुक भएका बसबिरले पेटभरी खाएको दिन सम्झन मुस्किल रहेको बताए ।
सामाजिक सुरक्षा भत्ताबाट केही राहत भएपनि बिरामी पर्दा औषधी उपचार गर्न समेत समस्या रहेको बताए । लालमायाँ र बसबिरले आफ्नो घरम कुईनेमंगलेमा गएर बस्ने अन्तिम इच्छा भएपनि घर मर्मत सहित अन्य सहयोगको आवश्यकता रहेको बताए । यसैबीच स्थानीय जनप्रतिनिधिले दलित बस्तीका बसोबास गर्नेको अवस्था नाजुक भएकाले नियमित सहयोगको आवश्यकता रहेको बताएका छन् ।
Adv